बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको परिवारको दुर्घटनामा निधन भएको छ । नवभारत टाइम्सका अनुसार मंगलबार बिहान सुशान्तका परिवारका पाँच सदस्यहरूको एउटा ठूलो दुर्घटनामा निधन भएको हो ।
बिहारको लखीसरायमा नेसनल हाइवेमा उनीहरू सवार गाडी ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा परेको उक्त सुमोमा १० जना सवार थिए । त्यसमध्ये ६ जनाको निधन भएको हो । मृत्यु हुनेमा पाँचजना सुशान्तका आफन्त हुन् ।
उनीहरू पटना हरियाणाका वरिष्ठ प्रहरी अधिकारी ओपि सिंहकी बहिनी गीता देवीको अन्तिम संस्कारमा गइरहेका थिए । ओपी सिंह सुशान्तका भिनाजु हुन् ।
दुर्घटनामा घाइते भएका बाँकी व्यक्तिहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।



