यूएईमा अन्तर्राष्ट्रिय कम्पनीका कर्मचारीका लागि भिसा अवधि बढाइएको छ। अब यूएईले आफ्नो देशमा रहेका अन्तर्राष्ट्रिय कम्पनीहरुका कर्मचारीलाई ५ वर्षको भिसा दिने भएको हो। यूएईका राजकुमार शेख हमदान बिन मोहम्मदले ट्विटरमार्फत यस्तो जानकारी गराएका हुन्। ‘हाम्रो लक्ष्य कम्पनीहरुलाई सुविधा दिने र ती कम्पनीका टिमहरुका लागि पूरै वर्ष कन्फ्रेन्स, बैठक, प्रदर्शनीका लागि दुबई आउन–जान सहज बनाउने नै रहेको छ’, उनले ट्विटरमा लेखेका छन्।

यूएईले हालैको वर्षमा थुप्रै नयाँ भिसा विकल्पहरुको सुरुआत गरेको छ। सन् २०१९ मा १० वर्षको गोल्डेन भिसा र यो वर्ष ५ वर्षको टुरिस्ट भिसा सुरु गरेको छ। जसले यूएईमा लगभग १।४ मिलियन अमेरिकी डलरको प्रपर्टीमा लगानी गरेको छ, उसले ५ वर्षको रेजिडेन्ट भिसा पाउन सक्छ।

यसैगरी यूएईमा न्यूनतम १ लाख ३६ हजार अमेरिकी डलरका साथ बिजनेस गर्ने उद्यमी वा मान्यता प्राप्त बिजनेस इन्क्युबेटरमा समावेश व्यवसायीले ६ महिनाको भिसा पाउँछन्। यो भिसालाई थप ६ महिना बढाउन पनि सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah