साताको चौथो दिन बुधबार पनि सेयर बजार बढेको छ। बुधबार नेप्सेमा १६.९५ अंक वृद्धि भएर सूचक २८०१.५२ मा पुगेको हो।
बुधबार उकालो लागेको नेप्सेमा ७ अर्ब ३७ करोडभन्दा बढीको कारोबार भएको छ। ९४ वटा कम्पनीको सेयर मूल्य बढेको नेप्सेमा ८८ कम्पनीको मूल्य घटेको छ। ५ कम्पनीको मूल्य यथावत छ।
पछिल्ला तीन दिन लगातार उकालो लागेको नेप्सेमा ११३ अंकले वृद्धि भएको छ। आइतबार २६८८ अंकमा नेप्से बन्द भएको थियो। सोमबारदेखि नेप्सेको हरियाली यात्रा बुधाबार पनि कायमै भएको हो।



