उत्तर कोरियामा चर्चित नेटफ्ल्क्सि सिरिज ‘स्क्विड गेम’ चोरेर हेर्ने एक व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको छ।
रेडियो फ्रि एसियाका अनुसार दक्षिण कोरियाली सिरिज ‘स्क्विड गेम’ अवैध रूपमा तस्करी गरेर ल्याएर अन्य विद्यार्थीलाई पनि देखाएको हुनाले ती व्यक्तिलाई उत्तर कोरियाको सरकारले मृत्युको सजाय दिएको हो।
ती व्यक्तिले सिरिजको कपि चीनबाट यूएसबी फ्ल्यास ड्राइभमा राखेर ल्याएका थिए। आफूले ल्याएको सिरिज उनले एक विद्यालयका छ विद्यार्थीलाई पनि हेर्न दिएका थिए। तिनै विद्यार्थीले सिरिज हेरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो।
हाल प्रहरीको हिरासतमा रहेका छ विद्यार्थीलाई भने पाँच वर्षको कडा परिश्रमको सजाय दिइएको छ। त्यस विद्यालयका शिक्षक र प्रशासकलाई बर्खास्त गरेर दुर्गम खानीमा काम गर्न निष्कासन गरिएको रेडियो फ्रि एसियाले जनाएको छ।

सन् २०२० को डिसेम्बरमा उत्तर कोरियाली सरकारले ‘प्रतिक्रियात्मक विचार र संस्कृति उन्मूलन’ ऐन पारित गरेको थियो। यो ऐनले देशमा चलचित्र, नाटक, संगीत र पुस्तकहरु जस्ता सांस्कृतिक सामग्रीको प्रवेश र प्रसारलाई निषेध गर्छ। यो कार्य मुख्यगरी दक्षिण कोरियाली र अमेरिकी मिडियाको प्रसार रोक्न गरिएको हो। यदि उत्तर कोरियामा कसैले यस्ता सामग्री वितरण वा उपभोग गरे कारबाही हुने नियम छ।

केही रिर्पोटका अनुसार यसै वर्षको अप्रिल महिनामा एक व्यक्तिलाई दक्षिण कोरियाको मनोरञ्जन सामग्री भएका ड्राइभ र सिडिहरु बेचेको आरोपमा सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको थियो।

अझ ‘स्क्विड गेम’ले विशेषगरी तानाशाही देशमा हंगामा मच्चाएको छ। केहीले यो सिरिजको कथा उत्तर कोरियाली समाजको दुःखद् वास्तविकताको रुपमा पनि चित्रण गरेका छन्। यो चीनमा पनि उपलब्ध छैन, तर यो देशभर पाइरेट भएको छ।

‘स्क्विड गेम’ सन् २०२१ मा रिलिज भएको सिरिज हो। यो सिरिजले दक्षिण कोरियाको गरिबीमा दर्साउँछ र कसरी मानिसहरु पैसाका लागि एक अर्कालाई मार्नसमेत तयार हुन्छन् भन्ने विषयमा घुमेको छ।

यो नेटफ्ल्क्सिको हालसम्मकै बढी हेरिएको सिरिजमा पर्छ। यसको चर्चा संसारभरका ९४ देशमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah