पूर्वपश्चिम लोकमार्गस्थित झापाको विरिङ पुलमा आइतवार सवारी दुर्घटना हुँदा बसमा सवार यात्रुहरु घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. २ ख ५०८१ नम्बर यात्रु वाहक बस दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । तर, मृतकको सनाखत भने भएको छैन् । दुर्घटनमा बसमा सवार यात्रुहरु घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइतेहरुको बिर्तामोडस्थित वि एण्ड सी अस्पताल र विर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घनाको पूर्ण विवरण भने आउन बाकी रहेको प्रहरीले जनाएको छ ।



