काठमाडौँ । नेपाली उत्पादनलाई विश्वबजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ स्थापना गरिएको छ ।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासङ्घले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजिकरण गर्ने र बढी भन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।

उक्त संस्थाको शनिबार राति पूर्व राष्ट्रपति डा रामबरण यादवले उद्घाटन गर्दै विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।“जन्मभूमिलाई कसरी आर्थिक रुपमा समृद्धि बनाउने भन्ने तपाँई युवाहरुमा सपना र भिजन रहेको छ, त्यसलाई साकार बनाउन उचित वातावरण बनाउन सरोकारवालाले सहयोग गर्न जरुरी छ”, उनले भने ।

पूर्व राष्ट्रपति यादवले नेपाल अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त मुलुक विश्व पर्यटनका लागि आकर्षक गन्तव्य रहेको भन्दै देश घुम्ने र विश्वभरबाट पर्यटक नेपालमा भित्र्याउन पनि संस्थाले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

तराईको जंगल र चुरे क्षेत्र विनास भईरहेको र विकासका नाममा डोजर लगाएर डाडाकााााडा भत्काइएकोप्रति चिन्ता व्यक्त गर्दै जलवायुपरिवर्तनको जोखिम नियन्त्रणका लागि पर्यावरण र चुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याए ।

पूर्वराष्ट्रपति यादवले मुलुकको राजनीति स्थिरताका लागि ७० वर्ष भन्दा बढी सङ्गर्ष गरेर अहिलेको अवस्थामा आइपुगेको भएपनि अझै पनि देशको राजनीतिक अवस्था नसुध्रिएको र सुशासन प्रवद्र्धन हुन नसक्नु चिन्ताको विषय भएको टिप्पणी गरे ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कला र संस्कृति बनाउन संस्थागत लगानी आवश्यक रहेको भन्दै नेपाली चलचित्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगले विश्व बजारमा प्रतिस्पर्धी बनाउन चलचित्र क्षेत्र लागि परेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले विदेशी युवा उद्यमीको माध्यमबाट लगानी र प्रविधि भित्र्याएर आर्थिक विकासमा सरिक गराइनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपनिर्देशक गोकर्णराज अवस्थी, शिक्षा उद्यमी दिराज शर्मा, पर्यटन व्यवसायी सुमान पान्डे लगायतले नेपालमा विदेशी लगानी भित्र्याउन महासङ्घले समन्वयकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।

कार्यक्रममा संघका महासचिब समिर अनबरले देश तथा बिदेशमा रहनु हुने उत्साही र जांगरिला सिप जानेका यूबाहरूलाई महासंघमा जोडिन आग्रह गरे । उनले सिप भएर पनि लगानी गर्न नसक्नु हुने यूबाहरूले अब आत्तिनु पर्ने अबस्था नगरेको तर्फ जोड दिए ।

महासङ्घका अध्यक्ष स्वतन्त्रप्रताप शाहले चीन, हङ्कङ, अमेरिका, बेलायत अष्ट्रेलियालगायत ११ मुलुकका युवा उद्यमीलाई समेटिएको र अन्य मुलुकका युवा उद्यमीलाई पनि संस्थामा आवद्धता गरिने जानकारी दिए । शाहले प्रबासको सिप र लगानी अनि नेपालको सिप र लगानीबीच महासंघले पुलको काम गरेर नेपाल र नेपालीहरूको उज्जल भबिष्यको लागि महासंघ लागि पर्ने कुरा तर्फ जोड दिए । उनले नेपालमा सिप भए पनि लगानीको अभाबमा त्यस्तो सिप नमर्ने दाबी गर्नु गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah