हङकङले सिंगापुर र आइसल्यान्डलाई उच्च जोखिम रहेको मुलुकको सूचीमा समावेश गरेको छ। पछिल्लो समय ओमिक्रोन भेरियन्टको संक्रमणबारे आशंका बढेसँगै हङकङले यस्तो निर्णय गरेको हो। यससँगै अब सिंगापुर र आइसल्यान्डबाट आउने हङकङका बासिन्दाले २१ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। यो नियम आगामी साताबाट कार्यान्वयनमा आउनेछ।

बिहीबार सिंगापुरले आफ्नो मुलुकमा आएका दुई जना मानिसमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको बताएको छ। यद्यपि उनीहरुको सम्पर्क स्थानीय मानिससँग नभएको र उनीहरुलाई आइसोलेसनमा राखिएको सिंगापुरले बताएको छ।

दक्षिण अफ्रिकामा पहिलोपटक कोरोनाको ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको थियो। त्यसयता यो भेरियन्ट विश्वभरका धेरै मुलुकमा फैलिसकेको छ। हङकङमा पनि यो भेरियन्टको संक्रमण देखिइसकेको छ।

हङकङले यो संक्रमण थप फैलिन नदिने सतर्कता बढाएको छ। विशेषगरी मेनल्याण्ड चीनसँगको सीमा खोल्ने तयारी गरिरहेकाले पनि सतर्कता बढाइएको हो।
यसैबीच क्याथे प्यासिफिकले हङकङको २३ उडान रद्द गरेको छ। यसअघि बिहीबार कम्पनीले २८ उडान रद्द गर्ने बताए पनि कार्गो विमानको उडान भने जारी राखिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah