नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ७ वटा कम्पनीका हकप्रद रहेका छन् । बोर्डको पाइपलाइनमा दुई बीमा कम्पनी, दुई हाइड्रोपावर कम्पनी, दुई फाइनान्स कम्पनी र एउटा विकास बैंकको हकप्रद पाइपलाईनमा रहेका छन् ।

शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्स १०ः३ अनुपातमा कुल ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद निष्कासनको पर्खाइमा छ। हकप्रद बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

आइएमई जनरल इन्स्योरेन्स
आइएमई जनरल इन्स्योरेन्सले १०ः४ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ। अनुमति पाएमा यो कम्पनीले १०० अंकित दरका कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्कासन गर्नेछ।

कर्पोरेट डेभलपमेन्ट बैंक
कर्पोरेट डेभलपमेन्ट बैंकले पनि १ः१.५ प्रतिशतमा कुल ३० लाख कित्ता हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।

समृद्धि फाइनान्स
समृद्धि फाइनान्सले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्कासनका लागि सेबोनसँग अनुमति मागेको छ।

नेपाल फाइनान्स
नेपाल फाइनान्सले १ः०।७ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद निष्कासनका लागि सेबोनमा आवेदन पेस गरेको छ।

अपी पावर
त्यस्तै अपी पावर १ः०.३९ अनुपातमा हकप्रद निष्कासनको तयारीमा छ । यी दुवैले १०० अंकित दरका कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गर्न अनुमति मागेको छ ।

छ्याङ हाइड्रोपावर
१०ः३ अनुपातमा हकप्रद निष्कासनको तयारीमा छ । ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति मागेको छ ।

यी कम्पनीले कुल १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६ सय रुपैयाँ बराबरको हकप्रद निष्कासनका लागि बोर्डमा अनुमति मागेका हुन् । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछियपछि धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना निलम्बित छन् अर्थमन्त्रालयले दैनिक कार्य संचालनका लागि प्रमुख कार्यकारी अधिकृत निरज गिरीलाई जिम्मेवारी दिएको छ ।

नयाँ अध्यक्षको लागि अर्थमन्त्रालयले छनोट समिति गठन गरि आवेदन माग गरिसकेको अवस्था छ । यद्यपी मन्त्रालयले यसअघि गठन गरेको कार्यदल परिवर्तन गर्ने चर्चा पनि छ । बोर्डका अनुसार अहिले दैनिक प्रशासनिक कार्यसञ्चालनका लागि मात्र निमित्तको जिम्मेवारी दिएकाले आईपिओ र हकप्रदसमबन्धी कुनै पनि निर्णय हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah