झापाको मेचीनगर नगरपालिका–१२, पानीट्यांकीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–२ बस्ने ३५ वर्षीय भीमप्रसाद पौडेलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीचौकी चारआलीले जानकारी दिएको छ ।
गए राति करिब ९ बजे मे९प ६००३ नम्बरको मोटरसाइकलले बिग्रिएर रोकिराखेको को१त ४०१६ नम्बरको ट्याक्टरको पछाडि ठक्कर दिँदा दुर्घटना भएको थियो ।



