काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी मोटरसाइकल चोरी गर्ने, डिस्मेन्टल गर्ने र बिक्रीवितरण गर्ने समूहका ७ जनालाई पक्राउ गरेको हो । टोलीले रौतहट चन्द्रनिगाहापुर-९, सन्तपुर घर भई हाल कीर्तिपुर बस्ने १९ नरकुमार पुडासैनीलाई गत वर्षको माघमा बानेश्वरबाट हराएको प्र ३-०२-०१३प ३६६० नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरेका हो । थप अनुसन्धानका क्रममा न्युरोडबाट जुम्ला सिँजा गाउँपालिका-६ हाल कीर्तिपुर बस्ने वर्ष २० को पुन्दलाल बुढालाई मोटरसाइकलसहित पक्राउ गरेको ट्राफिक प्रहरीले जनाएको छ । यही मंसिर ८ गते बत्तिसपुतलीबाट हराएको बा.प्र.०२-०२२प ६५१८ नम्बरलाई परिवर्तन गरी बा.प्र-०२-०२५प १३९१ प्रयोग गरेको अवस्थामा मोटरसाइकलसहित बूढा पक्राउ परेका हुन् ।
कीर्तिपुर क्षेत्रबाट २२ को सन्तोष महर्जनसहित रौतहट गुजरा-२ घर भई हाल सानोभर्‍याङ बस्ने वर्ष ३४ को ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा-३ घर भई हाल बानेश्वर बस्ने वर्ष ३२ को रविकुमार कुशवाहा, उदयपुर घर भई हाल कीर्तिपुर बस्ने कमलबहादुर बस्नेत र बारा गढिमाई घर भई कीर्तिपुर बस्ने वर्ष २२ को रन्जितप्रसाद गुप्तालाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । पक्राउ परेका चौधरी यसअघि पनि मोटरसाइकल चोरीमा कारवाही भोगेका व्यक्ति हुन् । रौतहटका चौधरी र कुशवाहा मोटरसाइकल चोरी गिरोहका मुख्य व्यक्ति रहेको समेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिए । त्यसैगरी कीर्तिपुरबाट पक्राउ परेका रञ्जितप्रसाद गुप्ताले चोरी गरी ल्याएका मोटरसाइकलहरूलाई ग्यारेजमा सुरक्षित राख्ने, सामानहरु डिस्मेन्टल गर्ने र फेरबदल गर्ने गरेको समेत देखिएको भट्टराईको भनाइ छ । गुप्ता कीर्तिपुरमा रहेको रञ्जित मोटरसाइकल वर्कसपका सञ्चालकसमेत रहेको खुल्न आएको महाशाखाले जनाएको छ । पक्राउ परेका गुप्ता र सन्तोष महर्जनले ग्राहकहरू खोज्ने र सस्तो मूल्यमा मोटरसाइकलहरू किनबेच गर्ने मुख्य भूमिकासमेत खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले बताएको छ ।
बरामद गरेका ७ थान मोटरसाइकलमध्ये एउटा यामाहाको आरफिफ्टिन र अन्य ६ वटा २२० सीसीको पल्सर मोटरसाइकल रहेको महाशाखाले जनाएको छ । त्यस्तै गरी इन्जिन तथा विभिन्न भागहरू काटेर टुक्रा पारेको अवस्थामा असोजमा ताहाचलबाट हराएको बा-प्र-०२-०१९प ९४९८ नम्बरको २२० सीसी पल्सर मोटरसाइकलसमेत बरामद गरेको महाशाखाले जानकारी दिएको छ ।
पक्राउ गरिएको मोटरसाइकल र चोरीमा संलग्नहरूलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah