संसारका १० प्रतिशत धनीले कुल सम्पत्तिको तीन चौथाई हिस्सा ओगटेको नयाँ अध्ययनले देखाएको छ।
विश्व असमानता प्रतिवेदन २०२२ ले विश्वको कुल जनसंख्यामध्ये १० प्रतिशत धनीसँग संसारको कुल सम्पत्तिको ७६ प्रतिशत स्वामित्व छ। जबकि, गरीब ५० प्रतिशत नागरिकसँग नाम मात्रैको अर्थात कुल सम्पत्तिको २ प्रतिशत मात्रै स्वामित्व छ।

वर्ल्ड इनइक्वालिटी ल्याबले सार्वजनिक गरेको प्रतिवेदनले १० प्रतिशत धनीसँग औसतमा प्रतिव्यक्ति ७ लाख ७१ हजार ३०० डलर (करीब रु. ९ करोड ३३ लाख) बराबरको सम्पत्ति भएको देखाएको छ। जबकि, संसारको कुल जनसंख्यामध्ये गरीब ५० प्रतिशतसँग भने औसतमा प्रतिव्यक्ति ४ हजार १०० डलर (करीब रु. चार लाख ९६ हजार) बराबरको मात्रै सम्पत्ति छ।

प्रतिवेदनले १० प्रतिशत धनीले सन् २०२१ मा विश्वभरिको कुल आम्दानीको ५२ प्रतिशत हिस्सा लिएको देखाएको छ। जबकि, गरीब ५० प्रतिशतको भागमा भने विश्वको कुल आम्दानीको जम्मा ८ प्रतिशत मात्रै परेको थियो।

मध्यपूर्व र अफ्रिकी क्षेत्र संसारमै सबैभन्दा धेरै असमानता रहेको प्रतिवेदनमा उल्लेख छ। तर, युरोप भने सबैभन्दा कम असमानता भएको क्षेत्रका रुपमा देखिएको छ। युरोपमा धनी १० प्रतिशतले कुल आम्दानीको ३६ हिस्सा ओगट्दा मध्यम तहका ४० प्रतिशतले कुल आम्दानीको झण्डै ४८ प्रतिशत हिस्सा ओगटेका छन्।

प्रतिवेदनले छिमेकी भारत संसारमै उच्च असमानता भएको मुलुकमध्ये एक भएको देखाएको छ। भारतमा १ प्रतिशत धनीले कुल सम्पत्तिको २२ प्रतिशत हिस्सा ओगट्छन्। त्यसैगरी, १० प्रतिशत धनीको भागमा कुल सम्पत्तिमध्ये ५७ प्रतिशत हिस्सा छ।

भारतमा ५० प्रतिशत जनसंख्यासँग कुल सम्पत्तिमध्ये १३ प्रतिशत मात्रै हिस्सा छ। सन् २०२१ मा १० प्रतिशत धनीले ११ लाख ६६ हजार भारु आम्दानी गर्दा ५० प्रतिशत जनसंख्याले जम्मा रु. ५३ हजार ६१० भारु मात्रै आम्दानी गरेका थिए।

अर्को छिमेकी चीनमा पनि गरीब ५० प्रतिशतले कुल आम्दानीको १४.४ प्रतिशत हिस्सा ओगट्दा धनी १० प्रतिशतले कुल आम्दानीको ४१.७ प्रतिशत हिस्सा ओगट्छन्। प्रतिवेदनमा नेपालको तथ्यांक उपलब्ध छैन।

प्रतिवेदनले संसारभरि आर्थिक असमानताबारे विश्वसनीय तथ्यांक नभएको उल्लेख गर्दै सरकारहरूले आर्थिक वृद्धिबारे तथ्यांक संकलन र सार्वजनिक गरे पनि त्यस्तो वृद्धिको समानुपातिक वितरण कसरी भइरहेको छ भन्ने विषयमा तथ्यांक नदिएको टिप्पणी गरेको छ।

अर्थशास्त्री लुकास च्यान्सेल, थोमस पिकेटी, इम्यानुएल सेज र ग्याब्रियल जुसम्यानले लेखेको यो प्रतिवेदनमा सन् १९८० को दशकपछि संसारभरिका देशले लिएको सार्वजनिक नीतिका कारण आर्थिक असमानता बढेको उल्लेख छ। अर्थशास्त्रतर्फ नोबेल पुरस्कार बिजेता अर्थशास्त्री दम्पती अभिजित बनर्जी र इस्थर डफ्लोले प्रतिवेदनमा भूमिका लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah