काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकले मंसिर २९ गतेदेखि २७ हजार २५७.२० कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । बैंकले सर्वसाधारण समूहको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आवेदन दिने अन्तिम म्याद पुस ७ गतेसम्म रहेको छ । बैंकले यसअघि असोज २५ देखि कात्तिम २१ गतेसम्म २४ लाख ३३ हजार ३६३.६७ कित्ता ९३०५० हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री नभएको सेयर बैंकले अहिले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, बुटवल, बिरगञ्ज र बिराटनगर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।



