अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा तेह्रौं शाखा विस्तार गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २, चौकीटोलस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरको प्राङ्गढमा खोलिएको केएफसी रेष्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकार (हट एण्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स) लगायत बर्गर र अन्य परिकार पाइनेछ । केएफसीले आफ्ना ग्राहकका लागि विभिन्न स्वादिष्ट परिकार उपलब्ध गराउादै आएको छ । चार किसिमका सुरक्षा मापदण्डहरु स्वच्छता, जााच, सामाजिक दूरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ । रेष्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलीकरण गर्ने गरेको छ । १८८० वर्ग फिटमा खोलिएको यो रेष्टुरेन्टमा एक पटकमा ४४ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेष्टुरेन्टले हाल विहान ९ बजेबाट रातको ८:३० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ ।



