नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २०० रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको हो । बुधबार प्रतितोला ९२ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन आज बिहीबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी यसअघि ९२ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ९१ हजार ८०० रुपैयाँ रहेको महासंघको जनाएको छ । त्यस्तै, महासंघका अनुसार बुधबार एक हजार २५० रुपैयाँ रहेको चाँदीको भाउ आज बिहीबार एक हजार २०० रुपैयाँमा कारोबार हुनेछ ।



