शेयर बजारका लगानीकर्ताका संघहरुको छाता समूह पूँजीबजार शुद्धीकरण बृहत कार्यदलले संयमित भएर लगानी गर्न अनुरोध गरेको छ ।
छोटो समयमा नै १२ खर्ब रुपैयाँ गुमाइसकेको भन्दै सोमवार कार्यदलका अध्यक्ष अम्विका प्रसाद पौडेलले विज्ञप्ति निकालेर संयमित भएर लगानी गर्न अनुरोध गरेका हुन् । विज्ञप्तिमा अर्थ मन्त्रालयले तीन वर्ष अघिनै गर्छु भनेका कामहरु समेत नगरेको भन्दै ती सबै कामहरु यथाशिघ्र गर्न भनिएको छ ।
कार्यदलले ५८ बुँदे सुझाव दिए पनि अधिकांश सुझावहरु अझै कार्यन्वायन नभएको विज्ञप्तिमा उल्लेख छ ।
५८ बुँदा मध्येका बाँकी कामहरु गर्न लगानीकर्ताले उच्च स्तरीय कार्यदल गठनका लागि समेत सरकारलाई अनुरोध गरिएको छ । ४७ लाख डिम्याट खाताबाट १२ खर्बको सम्पत्ति गुमेको भन्दै अहिलेको संकट समाधान गर्न ब्रोकरमार्फत मार्जिन ट्रेडिङ कारोबारपूर्ण रुपमा कार्यान्यवन नभएको शेयर धितोमा लगानीकोे सिमा हटाउन पनि भनिएको छ ।
साथै विज्ञप्तिमा प्रतिकुल अवस्थामा लगानीकर्ताहरुलाई संमयमित भएर कारोबार गर्न र अत्यावश्यक नपरी शेयर विक्री नगर्न पनि भनिएको छ ।



