काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २४ गते नवौं वार्षिक साधारण बोलाएको छ । मंसिर २७ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय महुली, सप्तरीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।
सभाले कम्पनीले प्रस्ताव गरेको २६ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ । कम्पनीले यस वर्ष २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक १३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २२ करोड ३९ लाख ४४ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । गत वर्ष नव किरण लघुवित्तसँग मर्जर प्रकृयामा गएकाले बोनस शेयरमा लाग्ने करमा भने छुट हुनेछ । नवकिरण लघुवित्त र महुली लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकृया सम्पन्न भई २०७७ मंंसिर ८ गतेदेखि एकिकृत कारोबार सुरु भएको थियो ।
यी प्रस्तावहरु सहित कम्पनीले रित्त प्रिमियममा एफपीओ जारी गर्ने प्रस्तावलाई पनि अघि सारेको छ । साथै रित्त रहेको संचालक मनोनयनलाई अनुमोदन गर्ने र अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्त प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah