भारतको तमिलनाडुको कन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका ग्रुप क्याप्टेन वरुण सिंहको निधन भएको छ। ८ डिसेम्वरमा भएको हेलिकोप्टर दुर्घटनामा सीडीएस जनरल विपिन रावतसहित १३ जनाको निधन भएको थियो। उक्त दुर्घटनामा क्याप्टेन सिंह गम्भिर घाइते भएका थिए। उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्।



