काठमाण्डाै – बङ्गलादेशले वन्यजन्तुको सुरक्षाका लागि ‘एअर राइफल’ प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

असुरक्षित वन्यजन्तुमा साइबेरियाबाट न्यानो हिउँदे हावापानीको खोजीमा बसाइँ सर्ने चराहरूको बथानलाई पनि समावेश गरिएको छ ।

बङ्गलादेशमा तीन दशक अघि नै वन्यजन्तुको सिकार गर्न रोकिएको थियो । तर पछिल्ला वर्ष चरा तथा अन्य जनावर सिकार गर्ने क्रम बढेपछि सरकारले एअर राइफलको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको हो । खतराको सूचीमा परेका चराहरू ढाकाको सडकमा खुलेआम बेच्ने गरेको पाइन्छ ।

वन्यजन्तु र जङ्गली चरा सिकारीविरुद्धको अभियान नै घोषणा गरेको वन विभागका प्रमुख मोला रेजाउल करीमले बताउनुभएको छ । लोपाेन्मुख वन्यजन्तु संरक्षणमा बङ्गलादेशको यो प्रयास ‘कोशेढुङ्गा’ सावित हुने विश्वास गरिएको छ । बङ्गलादेशमा सात सयभन्दा धेरै प्रजातिका जङ्गली चराहरू भेटिन्छन् ।

तर सिकार, जलवायु परिवर्तन र घट्दो जङ्गलका कारण सुरक्षित आवासको ह्रास हुँदै जाँदा उनीहरूको अस्तित्व सङ्कटमा परेको छ । एअर राइफल स्थानीय चराहरूको सुरक्षाका लागि सबैभन्दा बढी जोखिम बनेको चरा विशेषज्ञ शरिफ खानले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah