सेयरबजारमा आज पनि गिरावट आएको छ।
अघिल्लो दिन झिनो अंकले घटेको नेप्से आज ३७.८७ अंकले घटेको हो। क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ५.८८ अंकले घटेको छ।
आजको कारोबारमा २२४ कम्पनी सामेल भएका छन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार रकम पनि २ अर्ब ३० करोड मात्रैको भएको छ।
३७ हजार ३ सय ३६ पटकको खरिदबिक्रीमा ५३ लाख कित्ता सेयर मात्र बिक्री भएको हो।
आज १३ मध्ये म्युचुअल फन्डको मात्रै सूचक हरियो छ। बाँकी राताम्य छन्।
बिहीबार नेपाल बंगलादेश बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढे पनि अन्य कम्पनीको खासै बढेको छैन।
आज लगानीकर्ताले ७.५९ प्रतिशतसम्म गुमाएका छन्।
कम्पनीहरुको आज अधिकतम ९ करोड रुपैयाँको मात्रै कारोबार भएको छ।



