नेपाल बैंकले लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ। बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले ६२ औं वार्षिक साधारण सभामा यस्तो प्रस्ताव पेश गरेको हो।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजारको १४ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसमेत गरी ३ प्रतिशत नगद लाभांशसहित कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित भएका छन्। बैंकको प्रस्तावित लाभांश नेपाल सरकार नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ का लागि चार्टर्ड एकाउण्टेण्ट नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्नेलगायत प्रस्ताव पेश गरेको हो।



