काठमाडौं । नेपाल राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाहरूले आफूले सञ्चालन गरेको नयाँ सेवाको सूचना सात दिनभित्र राष्ट्र बैंकमा पेस गर्नुपर्ने जनाएको छ । राष्ट्र बैंकले बिहिबार अ.प्रा.निर्देशन नं. १०/०७८ को अनुसूची १०.१ मा रहेको व्यवस्था संशोधन गर्दै यस्तो व्यवस्था गरेको जनाएको हो ।

राष्ट्र बैंकले संशोधन गरेको व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले शाखारहित बैंकिङ कारोबार सञ्चालन गरेको तथा एटिएम मेसिन रहेको स्थानको विवरण सञ्चालन मितिले सात दिन भित्र राष्ट्र बैंकलाई जानकारी दिनुपर्छ ।
उक्त व्यवस्था संशोधन गर्दै राष्ट्र बैंकले भनेको छ– यस बैंकबाट अनुमतिप्राप्त भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई मिति २०७८/०५/२९ मा जारी गरिएको भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन–२०७८, अ.प्रा. निर्देशन नं. १०/०७८ कको अनुसूची १०.१ मा देहाय बमोजिम संशोधन गरिएको हुँदा सोही बमोजिम गर्नु/गराउन हुन भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरि यो निर्देशन जारी गरिएको छ ।

त्यस्तै, संशोधन गरिएको व्यवस्था अनुसार अब विभिन्न विद्युतीय कार्डको प्रयोग, ई–बैंकिङ्ग कारोबार, भुक्तानी सेवा प्रदायकको सफल वा असफल कारोबार, ग्राहकको विवरण, एजेन्टको विवरण, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार सम्बन्धी विवरण, क्लियरिङ्ग हाउसबाट भएको कारोबार विवरण लगायतको भुक्तानी कारोबारको विवरण महिना सकिएको सात दिन भित्र राष्ट्र बैंकलाई विवरण बुझाउनु पर्नेछ ।
Circular_2_20211223

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah