दार्जीलिङ, मिडल पान्डम, लोवर टुङ्सुङ निवासी श्रीमति मनि कुमारी थामी (उमेर ३२ बर्ष) लाई बिना कारण नै पक्राउ गरि उहाँ को ३ बर्षीय छोरा संगै जेलमा थुनेर राखिएको जानकारी प्राप्त भएको छ।

स्मरण गराइन्छ गत ७ जुलाई रात सोनादा निवासी टाँसि भोटियाको सी आर पी द्वारा भएको हत्याको बिरोधमा भोलिपल्ट ८ जुलाई को दिन दार्जिलिङमा हिंशक झडपमा पुलिस अनि सी आर पी ले गोलि हानी अन्य तीनजना युवाहरुका हत्त्या गरेका थिए।

सोही दिन बजारमा सब्जी बेच्न गएको आफ्नो श्रीमान (श्री चन्द्र कुमार थामी) बेलुकी सम्म फर्केर घर न आए पछि श्रीमती थामी आफ्नो श्रीमानलाई खोज्न बजार जाँदा बजारमा बिना कारण नै पुलिसले पक्राउ गरि थानामा लगी कुटपिट पनि गरे।

आफ्नो कुनै दोष नभएको साथै घरमा सानो नानी भएकोले छोडी दिने आग्रह गर्दा पुलिसले न छोडेर नानीलाई थाना मै ल्याउने सुझाव दिए। दुधमुखे बालकलाई आमा देखि छुट्ट्याएर राख्न नमिल्ने हुनाले प्रशासनले श्रीमती थामीलाई आफ्नो बच्चा सगै जेल पठाएको छ।

आफ्नो श्रीमानलाई खोज्न निस्केकी श्रीमती थामी माथी पुलिस प्रशासनले अति गम्भीर आरोपहरु दर्ता गरि पक्राउ गरेर जेलमा बच्चा सँगै थुनेर राखेका छन।मिरिकको सेरोफेरोबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah