भारतमा पुनः कोभिड–१९ को संक्रमण बढ्न थालेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका १३ हजार १५४ नयाँ संक्रमित थपिएका छन्।

यसअघि बुधबार पनि कोरोनाका नयाँ संक्रमितको संख्या ४४ प्रतिशतले बढेको थियो।

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै संक्रमण पनि उल्लेख्य मात्रामा बढेको हो।

भारतमा अहिलेसम्म ओमिक्रोन भेरियन्टसहितका संक्रमितको संख्या ९६१ पुगेको छ। दिल्लीमा ओमिक्रोन भेरियन्टसहितका २६३ संक्रमित भेटिएका छन्।

महाराष्ट्रमा ओमिक्रोनका २५२ संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा कोरोनाका नयाँ संक्रमितको संख्यामा सबैभन्दा धेरै वृद्धि भएको छ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण २६८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah