संसारकी सबैभन्दा जेष्ठ व्यक्ति केन तानाकालाई आफ्नो ११९औं जन्मोत्सव मनाएकी छन्।
क्योदो समाचार एजेन्सीका अनुसार आइतबार तानाकाले जापानको एउटा नर्सिङ होममा आफ्नो बर्थडे मनाएकी हुन्। कोरोनाभाइरस रोक्न लगाइएका प्रतिबन्धका कारण तानाकाले नर्सिङ होमका कर्मचारीहरू सँगमात्रै बर्थडे मनाएकी हुन्। सन् १९०३ जन्मेकी तानाकाले १९ वर्षको उमेरमा विवाह गरेकी थिइन्। उनका श्रीमान र छोरा सन् १९३७ मा चीनविरूद्धको युद्ध लड्न गएका थिए। जापानमा सय वर्षमाथिका मानिसको संख्या ८६ हजारभन्दा बढी छ। यीमध्ये १० हजार पुरूष छन् भने अरू सबै महिला छन्। जापानमा औसत आयु महिलाको ८७.७४ वर्ष छ भने पुरूषको ८१.६४ वर्ष छ।
सन् १९६३ मा पहिलो पटक रेकर्ड लिँदा जापानमा सय वर्ष माथिका मानिसको संख्या १५३ जनामात्रै थियो। सन् १९९८ मा त्यो संख्या बढेर १० हजार नाघेको थियो।
पछिल्लो समय जापानमा युवाहरूको जनसंख्या घट्दै छ भने वृद्धवृद्धाको संख्या बढिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah