झापा मेचीनगर नगरपालिका १३, दुवागढीकी एक गर्भवती महिला घरको बन्द कोठामा मृ’त भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार २४ वर्षीया विद्या उप्रेती भट्टराई कोठाभित्र अस्वभाविक अवस्थामा मृ’त भेटिएकी हुन् । उनी गर्भवती भएको जनाइएको छ । बिहीबार बिहान उनी सुतेको कोठाको ढोका नखुलेपछि ढोका फोडेर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ ।
उनको गत वैशाखमा विवेक भट्टराईसँग विवाह भएको थियो । माइती पक्षले विद्यालाई पतिले तनाव दिने गरेको दाबी गरेको छ । बुधबार साँझ विद्या र विवेकबीच विवाद भएको थियो । त्यसपछि विद्या कोठाको चुकुल लगाएर सुतेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताए । प्रहरीले माइती पक्षसँगसमेत समन्वय गरेर घ’टनाको अनुसन्धान सुरु गरेको छ । शव पोस्टमार्टमका लागि बिहीबार नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।



