महाभारतमा थुप्रै कथा छन् । यहाँ चर्चा गर्न लागिएको कथा हो महाभारत शान्ति पर्वको।  यो कथा भीष्मले  युधिष्ठिरलाई  सुनाएका हुन् । कथा सुनाउनुअघि भीष्म भन्छन् –जसले समयभन्दा अघि नै कार्यको व्यवस्था गर्छ उसलाई ‘अनागतविधाता’ भनिन्छ ।  जसलाई ठीक समयमा वा परिआएका बखत काम गर्ने जुक्ति फुर्छ उसलाई ‘प्रत्युत्पन्नमति’ भनिन्छ ।  अनि जो आपत काल आउनुअघि नै व्यवस्था पनि गर्दैन र ठीक समयमा बुद्धि लगाउन पनि सक्दैन उसलाई दीर्घसूत्री भनिन्छ ।  अरू दुई आपतबाट छुटकारा पाउन सक्षम हुन्छन तर दीर्घसूत्रीचाहिं नष्ट हुन्छन् ।  दीर्घसूत्रीहरू कर्तव्य-अकर्तव्यका विषयमा निश्चय गर्न सक्दैनन् ।

कस्तो छ कथा: कुनै एक सामान्य  तलाउमा थुप्रै माछा बस्थे । तिनमा तीनवटा  कार्यकुशल माछा पनि थिए ।  ती तीन माछा सदैव एक साथ रहन्थे । जसको नाम दीर्घकालयज्ञ (नागतविधाता), प्रत्युत्पन्नमति र दीर्घसूत्री थियो । एक दिन केही माझीले मिलेर धेरै माछा समात्ने विचार गरे ।  उनीहरूले त्यो तालको पानी कुलो काटेर बाहिर पठाई त्यहाँ का सबै माछा मार्ने योजना बनाई तलाउको चारैतिरबाट पानी निकाल्न सुरू गरे।  तालको पानी घट्न थालेको देखेर दीर्घदर्शी माछो दीर्घकालयज्ञले आˆना दुई साथीसँग भन्यो, साथी हो Û यो तलाउको पानी घट्न थालेको छ।  अब निकट भविष्यमै यो जलाशयमा बस्ने जीवहरूमाथि विपत्ति पर्ला जस्तो छ।  तसर्थ जबसम्म  हामी बाहिर निस्कने बाटो नष्ट हुँदैन, त्यही समयभित्र छिटै यहाँबाट निस्किहाल्नु पर्छ।  तिमीहरूलाई  मेरो सल्लाह ठीक लाग्छ भने बाहिर निस्किहालौँ, अर्को कुनै जलाशयमा गएर बसौँ। यो सुनेर  दीर्घसूत्रीले भन्यो, तिम्रो कुरा त ठीक हो तर मेरो विचारमा हामीले यहाँबाट निस्कने हतार गर्नु हुँदैन।  यसपछि प्रत्युत्पन्नमतिले भन्यो, ए भाइ हो, के कुरा गर्छौ, मेरो  बुद्धि त युक्ति निकाल्न कुशल छ।  आपत परिहाल्यो भने कुनै न कुनै उपाय निकालेर उम्किहाल्छु।

साथीहरूको यस्तो विचार बुझेपछि दीर्घदर्शी त्यसै क्षण उनीहरूसँग विदा लिएर माझीहरूले पानी निकाल्न खनेको बाटो हुँदै अर्को गहिरो जलाशयमा गएर बस्यो। केही समयपछि तलाउको पानी कम निकै भएको  देखेर माझीहरूले जाल हालेर त्यहाँ भएका सबै माछा फसाए।  सबै माछासँग दीर्घसूत्री र प्रत्युत्पन्नमति पनि जालमा परे।  प्रत्युत्पन्नमति माछाहरूको बीचमा मरेजस्तो गरी अलिअलि पानीबाट जसोतसो सास लिन थाल्यो।

केही बेरपछि सबै माछा मरे भन्ने ठानेर माझीहरूले अर्को गहिरो तलाउको किनारमा लगेर माछालाई खन्याए, उनीहरूले माछालाई धुन थाले।  त्यही अवसर छोपेर  प्रत्युत्पन्नमति माझीहरूको चंगुलबाट फुत्केर पानीमा पस्यो, तर दीर्घसूत्री अचेत भएर पहिल्यै मरिसकेको थियो। यसै गरी जो  मानिसले आफ्नो टाउकैमाथि आएको काललाई देख्न सक्दैन, त्यो दीर्घसूत्री माछा झैँ नाश हुन्छ।  अनि जो मानिस म त कार्यकुशल छु, पहिल्यैदेखि किन विचार गरिरहनु, जतिखेर आपत पर्छ जुक्ति लगाएर उम्किन्छु भन्छ त्यो प्रत्युत्पन्नमति नामक माछा झैं जीवन मरणको  दोसाँधमा पुग्छ। यसैकारण के भनिएको छ भने अनागतविधाता र प्रत्युत्पन्नमति सुखी रहन्छन् तर दीर्घसूत्री नष्ट हुन्छन्।  जो मानिस उचित देश, काल र परिस्थितिमा, सोच-विचार पूर्वक, सावधानीका साथ राम्रोसँग आफ्नो काम गर्छ, उसले अवश्य पनि राम्रो फल प्राप्त गर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah