नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको मिर्जापुर बस्ने एक दम्पतीको छोरीको नामाकरण गरिदिएका छन् । मिर्जापुरको एक गाँउ हांसीपुर चुनारका भरत सिंहकी पत्नी विभाले एक कन्याको जन्म दिएकी थिइन् ।
भरतले भारतको प्रधानमन्त्री मोदीलाई स्पीड पोस्टबाट चिठी पठाइ अाफ्नो छोरीको नामाकरण गरिदिन अाग्रह गरेका थिए । भरतलाई विश्वास नै लागेको थिएन कि प्रधानमन्त्री कार्यालयबाट यति चाँडै जवाफ अाउँछ भनेर । तर प्रधानमन्त्री कार्यालयबाट चिठी मात्र अाएन । चिठीमा उक्त बच्चाको नाम समेत उल्लेख गरिएको थियो । भरतलाई अाएको चिठीमा बच्चाको नाम वैभवी दिइएको थियो ।
यतिमात्र हैन प्रधानमन्त्री मोदीले भरतलाई फोन गरेर बधाई तथा शुभकामना समेत दिएका थिए ।



