मोरङको बलियामा अ’पराधको परकाष्टा नाघ्ने गरी एउटा सामूहिक ब’ला’त्कारको घ’टना भएको छ । बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिला सामूहिक ब’ला’त्कारको सि’कार भएकी हुन् । अमानवीय एवम् क्रुर घ’टनाको सिकार बनेकी उनको अवस्था गम्भीर छ । पी’डितको उपचार विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ । सुन्दरहरैँचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर महिलामाथि तीन जनाले शुक्रबार राति सामूहिक ब’ला’त्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपसी मञ्जील मुकारुङले जानकारी दिए ।

मुकारुङका अनुसार होटल सञ्चालक सुन्दरहरैँचा–४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीले होटलमा राखेर रातभर सामूहिक ब’ला’त्कार गर्दा महिलाको अवस्था चिन्ताजनक बनेको हो । अत्यधिक रक्तश्राव भएका कारण महिलाको अवस्था निक्कै गम्भीर बनेर गएको उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै प्रहरीले जनाएको छ । चिकित्सकका अनुसार ब’ला’त्कार गरेर उनको यौ’नाङ्ग क्षतिविक्षत बनाइएको छ । रतग धेरै बगेकाले रक्तचाप कम भएर गएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकी महिलाले शुक्रबारदेखि नै सुनसरीको इटहरीस्थित एउटा घरमा काम गर्न थालेकी थिइन् ।

काम सकेर सुन्दरहरैँचाकै गछियास्थित बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई बलात्कारमा संलग्नमध्ये रामबहादुरले शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर गछियाबाट लगेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार इटहरीबाट गाडीमा आएर गछियामा ओर्लिएपछि उनले बहिनीको घरको लोकेसन अर्को गाडीमा रहेका रामबहादुरलाई सोधिन् । बहिनीको घर पुर्याइदिन्छुभन्दै गाडीमा राखेर होटलमा लगेको पाइएको डिएसपी मुकारुङले बताए । घ’टनापछि रामबहादुर फरार छन् । प्रहरीले उनको नाम रामबहादुर नेपाली हो कि हैन भनेर यकिन हुन भने बाँकी रहेको जनाएको छ । उनीसँगै बलात्कारमा संलग्न मनोज पनि फरार थिए । उनलाई भने प्रहरीले शनिबार साँझ पक्राउ गरिसकेको छ ।

ब’ला’त्कार पीडित महिलालाई उपचारका लागि कोसी अस्पताल लिएर आएका होटल सञ्चालक अर्जुनलाई प्रहरीले शनिबार दिउँसो विराटनगरबाटै पक्राउ गरेको थियो । उनले महिलालाई प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर उपचारका लागि कोसी अस्पताल ल्याएका थिए । महिलालाई शुक्रबार साँझ गछिया पुलबाट त्यही गाडीमा राखेर रामबहादुरले होटलसम्म लगेको पाइएको प्रहरीले जनाएको छ ।ब’ला’त्कार गर्न नदिएर महिलाले प्रतिकार गरेपछि अर्जुनले हात भित्र छिएर महिलाको यौ’नाङ्ग नै क्षतिविक्षत बनाइदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार अत्यधिक रक्तश्राव भएकी महिलाको यौ’नाङ्ग क्षतिविक्षत हुनुका साथै शरीरभरि नीलडाम र चोटपटक छ ।

डिएसपी मुकारुङले प्रतिकार गर्न थालेपछि महिलालाई यातना दिने र कुटपिट गर्ने कामसमेत भएको बताए । प्रहरीले अर्जुनको होटलमा काम गर्ने आरती श्रेष्ठ नाम गरेकी युवतीलाई पनि नियन्त्रणमा लिएको छ । डिएसपी मुकारुङका अनुसार सामूहिक ब’ला’त्कार भएको घ’टना प्रत्यक्ष देखेकी युवतीले पीडित महिलाले चिच्याएर हारगुहार गर्दा पनि प्रहरीलाई खबर नगरेको पाइएपछि उनलाई समेत पक्राउ गरिएको छ । ब’ला’त्कार गरिएको होटलमा पुग्दा आरती र ब’ला’त्कारमा संलग्न अर्जुनका भाइ मनोजले पीडित महिलाकी बहिनीलाई दुव्र्यवहारसमेत गरेको पाइएको उनले बताए । गम्भीर ढङ्गले घ’टनाको अनुसन्धान थालेर फरार रहेका रामबहादुरको खोजी तीव्र पारिएको मुकारुङले बताए ।

महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेकी हुन् । श्रीमान २ महीनाअघि पहाड घर खोटाङ गएका थिए । दुई जना कलिला नानीहरुलाई गछियास्थित बहिनीको घरमा छाडेर काम गर्न गएकी उनलाई कामबाट फर्कने क्रममा अ’पहरण शैलीमा लगेर ब’लात्कार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरुमा रामबहादुरले र त्यसपछि मनोज तथा अर्जुनले पालैपालो ब’ला’त्कार गरेको पाइएको छ । शुक्रबार राति ब’ला’त्कार भए पनि पीडितलाई उपचारका लागि भर्ना गरिएपछि शनिबार दिउँसो मात्रै प्रहरीले घ’टना थाहा पाएको हो । प्रहरीका अनुसार महिलालाई बेहोस बनाउने वस्तु सुँघाएर र खुवाएर लठ्याएपछि ब’ला’त्कार गरिएको हुनसक्छ ।

पीडितकी बहिनीले घ’टनाका बारेमा आफूहरुलाई शनिबार बिहान ८ बजे मात्रै थाहा भएको बताइन् । भनिन्, ‘घ’टना थाहा पाएर पुग्दा ब’ला’त्कार गरिएको कोठा र ओछ्यान रक्ताम्य थियो ।’ दिदीलाई बेहोस भएर रगतको आहालमा डुबेको देखेपछि आफूले केही सोच्न नसकेको उनले बताइन् । उपचारका लागि लैजानलाई हारगुहार गर्दा आफूमाथि नै दु’व्र्यवहार भएको गुनासो उनको छ । प्रहरीलाई खबर गर्छु भनेपछि मात्रै उपचारका लागि लैजान होटल सञ्चालक तयार भएको उनले बताइन् ।

उनले उपचारका लागि ल्याउने क्रममा रक्तश्राव नरोकिएकाले गाडीको सिट नै सबै रक्ताम्य भएको जानकारी दिइन् । घर नफर्किएपछि खोजी गर्ने क्रममा आफूले दिदीलाई बलात्कारबाट पीडित भएर जीवन र मरणको दोसाँधमा छटपटाइरहेको अवस्थामा पाएको उनको भनाइ छ । उनले ब’ला’त्कारमा संलग्नले घ’टना सार्वजनिक गरेमा मारिदिनेसम्मको धम्की दिएको गुनासो पोखिन् । ब’ला’त्कारमा संलग्नसँग पुरानो चिनजान नरहेको उनले बताइन् ।उपचारमा संलग्न प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीले अत्यधिक रक्तश्रावका कारण महिलाको स्वास्थ्य अवस्था जटिल बनेको बताइन् । ‘अवस्था अन्तिम बनिसकेपछि मात्रै उपचारका लागि ल्याइएको रहेछ,’ उनले भनिन्, ‘अस्पताल ल्याउन केही ढिला भएको पाइयो ।’

उनले चिन्ताजनक अवस्थाकी ब’ला’त्कार पीडित महिलाको उपचार जारी राखिएको जानकारी दिइन् । डा। केसीका अनुसार पीडित महिलाको यौ’नाङ्ग क्षतिविक्षत छ । शरीरका विभिन्न भागमा चोटपटक छ । अरु थप समस्या भने परीक्षण गरिसकेपछि मात्रै पत्ता लाग्ने डा। केसीको भनाइ छ ।ब’ला’त्कारबाट पीडित बनेकी महिलाका आफन्तले अमानवीय एवम् क्रुर घ’टनाका दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन् । पीडितका काकाले सम्झनै नसक्ने र आङ् सिरिङ्ग हुने घ’टनाका दो’षीलाई जतिसक्दो चाँडो प्रहरीले का’रबाहीको दायरामा ल्याउनुपर्ने बताए । प्रहरीले घ’टनाका दोषीविरुद्ध ज’बरज’स्ती क’रणी लगायतका मु’द्दा चलाउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah