केएमसी र नोबेल कलेजका सञ्चालक सुनील शर्मालाई कारबाही गर्न माग गर्दै ८ विद्यार्थी संगठनले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई मागपत्र बुुझाएका छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी), अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियले मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई भेटेर शर्मालाई कारबाही गर्न माग गरेका हुन् । एमबीबीएस, बीडीएस र बीएनएसमा अध्ययनरत विद्यार्थीसँग चर्को शुल्क लिएको भन्दै उनीहरूले शर्मालाई कारबाही गर्न माग गरेका हुन् । केएमसी र नोबेलका विद्यार्थीहरूले शुल्क घटाउन माग गर्दै विगत एक महिनादेखि आन्दोलन गरिरहेका छन् । उनीहरूको आन्दोलनमा यी विद्यार्थी संगठनले ऐक्यवद्धता जनाएका छन्।



