पछिल्लो २४ घण्टामा विश्वभर साढे २३ लाख बढीमा संक्रमण पुष्टि भएको छ ।
वोल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार बितेको २४ घण्टामा विश्वभर २३ लाख ६० हजार १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म विश्वभर ३७ करोड ५६ लाख ४५ हजार ३७६ मा कोरोना पुष्टि भएको छ । जसमध्ये २९ करोड ६६ लाख १९ हजार ४५९ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ३७२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५६ लाख ८३ हजार नाघेको छ ।



