पाकिस्तानी उच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई पनामा पेपर्स प्रकरणमा दोषी ठहर्याएको छ । सर्वोच्च अदालतको फैसलासँगै सरिफ प्रधानमन्त्री पदका लागि अयोग्य ठहर भएका छन् । उनले प्रधानमन्त्री पद गुमाउनु परेको छ ।

उनलाई कालो धन जम्मा गरेको आरोपमा दोषी ठहराइएको हो । सर्वोच्च अदालतका न्यायाधीश एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमदको पाँच सदस्यीय इजलासले सरिफलाई दोषी ठहर गरेको हो ।

न्यायाधीश खोसा र गुलजारले पनामा पेपर प्रकणको सुरुवाती सुनुवाईमा नै प्रधानमन्त्री नवाज सरिफ दोषी भएको फैसला गरेका थिए । बाँकी तीन न्यायाधीशले भने पुनः जाँचका लागि आदेश दिएका थिए । तर अहिले पाँचै न्यायाधीशले सरिफलाई दोषी ठहर गरेका छन् ।

सर्वोच्च अदालतको इजलासमा नवाजका अतिरिक्त उनकी छोरी र ज्वाइँलाई पनि दोषी ठहराइएको छ ।

पाकिस्तानी संविधानको धारा ६२ र ६३ अनुसार सरिफलाई दोषी ठहर गरिएको हो । यसअघि सर्वोच्च अदालतले १८ जुलाईमा गरिएको फैसलामा नै उक्त संकेत मिलेको थियो ।

यस मामलामो सुरुवाती फैसला पछि संयुक्त जाँच टीम गठन गरिएको थियो । जसले १० जुलाईमा अदालतलाई आफ्नो रिपोर्ट बुझाएको थियो ।

सरिफविरुद्ध गत वर्ष (सन् २०१६) नोभेम्बर ३ मा सर्वोच्चमा मुद्दा दायर भएको थियो । उनीमाथि मुद्दा लगाउनुअघि अदालतमा ३५ पटकसम्म सुनुवाइ भएको थियो ।

सरिफले गैरकानुनी ढंगले अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै पाकिस्तानको विपक्षी पार्टी तेहरिक–ई–इन्साफ पार्टीका अध्यक्ष इमरान खानले सरिफविरुद्ध मुद्दा दायर गरेका थिए ।

भ्रष्टाचारमा संलग्न रहेको र उनी इमानदार नभएको भन्दै उनलाई पाकिस्तानी संविधानको धारा ६२ र ६३ बमोजिम अयोग्य घोषणा गर्न खानले माग गरेका थिए ।

इमरानले पछिल्ला केही दिनमै सर्वोच्च अदालतमा याचिका दायर गर्दै उक्त प्रकरणमा छिटो पैसला गर्न अपिल गरेका थिए ।

यसअघि प्रधानमन्त्री यूसुफ राजा गिलानीलाई पनि दोषी ठहर गरेको थियो । अदालतले दोषी ठहर गरेपछि तत्कालिन प्रधानमन्त्री युसुफ राजा गिलानीले सन् २०१२ मा राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah