शुक्रबार पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलाई त्यहाँको सर्वोच्च अदालतले भ्रष्टचार गरेको ठहर गर्दै प्रधानमन्त्री र सांसदका लागि समेत अयोग्य ठहर गरेको छ । सर्वोच्च अदालतले गरेको उक्त निश्कर्ष लगत्तै प्रधानमन्त्री शरिफले पदबाट राजीनामा समेत दिइसकेका छन् ।

प्रधानमन्त्री शरिफ र उनका सन्तानले भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएर विदेशमा लगानी गरेको विवरण सन् २०१५मा पानामा पेपर्सले सार्वजनिक गरेको थियो । उक्त रिपोर्ट सार्वजनिक भएलगत्तै प्रधानमन्त्री शरिफले त्यसलाई अस्वीकार गर्दै आएका थिए । तर शुक्रबार त्यहाँको सर्वोच्च अदालतको ५ सदस्यीय बेञ्चले उनलाई भ्रष्टाचार गरेको ठहर गर्दै अयोग्य घोषणा गरिदिएको छ । बेञ्चले उनलाई सांसदका लागि समेत अयोग्य ठहर गरिदिएको छ ।

 वास्तवमा मुलुककै प्रधानमन्त्रीजस्तो प्रभावशाली नेतृत्वमा रहेका व्यक्तिमाथि त्यहाँको सर्वोच्च अदालत र पाँचजना न्यायाधीशहरुले निकै ठूलो जोखिमनै मोलेर सो निर्णय गरेको देखिन्छ ।

हुनत सम्मानित अदालतलाई कुनै पनि न्याय र अन्यायको विषयमा फैसला गर्दा केही जोखिम मोल्नु पर्दैन तर शुक्रबार उक्त फैसला गर्दा सर्वोच्च अदालत परिसर र त्यस वरिपरि गरिएको कडा सुरक्षा व्यवस्थाले त्यसको पुष्टि गरेको छ ।

प्रधानमन्त्रीमाथि उक्त फैसला गर्दा कतै दंगा भड्किने त होइन ? भन्नेमा पाकिस्तान सरकार सचेत रहेको देखिन्थ्यो । त्यसकारण यसलाई जोखिमपूर्ण परिघटना भन्न सकिन्छ । त्यसैले यो पटक हामीले प्रधानमन्त्री शरिफ र उनीमाथि अयोग्य ठहर गर्दा सर्वोच्च अदालतमा ५ सदस्यीय बेञ्चको नेतृत्व गर्ने ती पाँच न्यायाधीशहरु कोे–को थिए ? उनीहरुको परिचय दिने प्रयास गरेका छौ ।

उक्त बेञ्चमा न्यायाधीशहरु आसिफ सईद खान खोसा, गुलजार अहमद, एजाल अफजल खान, इजाज–उल अहसान,शेख अजमत सईदले बहस गरेका थिए र प्रधानमन्त्री शरिफ भ्रष्टचारीनै भएको ठहर गरेका थिए ।

ती पाँच न्यायाधीश र उनीहरुको परिचय यस्तो छः

आसिफ सईद खान खोसा

 त्यहाँका बरिष्ठ न्यायाधीशका रुपमा चिनिने खोसा सन् २०१० मा त्यहाँको सर्वोच्च अदालतको न्यायाधीश चुनिएका थिए । पानामा पेपर्सले सार्वजनिक गरेको रिपोर्ट लगत्तै सो मामलालाई हेर्ने नेतृत्व उनले गरेका थिए । १८ वर्षको कानुनी करियरमा उनले ५० औं हजार वटा मुद्धाहरुमा सुनुवाई गरेको बताइन्छ । उनकै नेतृत्वमा शुक्रबार प्रधानमन्त्री शरिफ अयोग्य भएको ठहर गरिएको थियो ।

न्यायाधीश गुलजार अहमद
न्यायाधीश अहमदको कानुनी करियर त्यहाँको उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेको हो । उनले उच्च अदालतबाट न्यायाधीशको करियर सुरु गरेका हुन् । सन् २००२ मा सिन्ध उच्च अदालतको नेतृत्व गरेका उनले सन् २०११ मा सर्वोच्च अदालतमा नियुक्ति पाएका थिए । प्रधानमन्त्री शरिफको भ्रष्टाचार मुद्धाको फैसलामा अहमदको पनि महत्वपूर्ण भूमिका रहेको थियो ।

एजाज अफजल खान
न्यायाधीश खानले सन् १९७७ मा कानून विषयमा ग्राजुएट गरेका थिए । खानले सन् १९९१ मा सर्वोच्च अदालतमा वकालत गर्न अनुमति पाएका थिए । न्यायाधीश खान ९ वर्षसम्म उच्च अदालतमा जज रहेर काम गरेका थिए । त्यसलगत्तै उनी उच्च अदालतको मुख्य न्यायाधीश बन्न सफल भएका थिए । खान सन् २०११ मा त्यहाँको सर्वोच्च अदालतमा प्रवेश गरेका न्यायाधीश हुन् ।

इलाज–उज अहसान 
भारतको पञ्जाब विश्वविद्यालयबाट अध्ययन सुरु गरेका न्यायाधीश अहसानले न्यूयोर्कको कोर्नल विश्वविद्यालयबाट कानूनमा पोष्ट ग्राजुएट गरेका छन् । उनी सन् २०११ मा लाहोर उच्च अदालतमा प्रवेश गरेका थिए । उनी सन् २०१५ मा लाहोर उच्च अदालतको मुख्य न्यायाधीश बन्न सफल भएका थिए । उनी सन् २०१६ मा मात्र सर्वोच्च अदालतको सेवामा प्रवेश गरेका न्यायाधीश हुन् ।

शेख अजमत सईद 
न्यायाधीश सईदले सन् १९८० मा लाहोर उच्च अदालतबाट वकालत गर्न सुरु गरेका थिए । त्यसलगत्तै उनले त्यहाँको सर्वोच्च अदालतमा वकालत सुरु गरेका थिए ।

न्यायाधीश अजमत सईदले पाकिस्तान अन्य थुप्रै गम्भीर प्रकृतिका केसहरुका फैसला समेत गरेका छन् । उनी सन् २००४ मा लाहोर उच्च अदालत हुँदै सन् २०१२ मा सर्वोच्च अदालतको सेवामा प्रवेश गरेका न्यायाधीश हुन् ।

उल्लेखित पाँच प्रभावशाली न्यायाधीशहरुको बेञ्चले पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफमाथि भ्रष्टाचार गरेको प्रमाणित गर्दै अयोग्य घोषणा गरेका  छन् । जसका कारण यसबेला एसियामात्र होइन, विश्वको राजनीतिक बृत्त पूरै तरंगित भइरहेको छ । अनुवाद–रंगलाल रिमाल   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah