‘सर ! मलाई ३ जना केटाहरूले सामूहिक बलात्कार गरे ।’ वैशाख २९ मा बिहान ३ बजेर ४० मिनेटमा प्रहरी रानीपोखरीस्थित प्रहरी कन्ट्रोल रुमको १०० मा आत्तिँदै महिलाले फोन गरिन् । कन्ट्रोल रुमबाट ड्युटी अफिसरले सोधे, ‘तपाईं कुन ठाउँमा हुनुहुन्छ ?’

उताबाट आवाज आयो, ‘बौद्धको लुङ्ता गेष्ट हाउस ।’ प्रहरी वृत्त बौद्धबाट खटिएको टोली गेष्ट हाउसमा पुग्दा २४ वर्षीया महिला रोइरहेकी थिइन् । बलात्कार गर्नेहरु भागिसकेका थिए । लुङ्ता गेष्ट हाउसका संचालक सिन्धुपाल्चोक भोटेकोशी घर भएका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्फा उर्फ आङनिमालाई प्रहरीले तत्काल नियन्त्रणमा लियो ।

सिसिटिभी फुटेजका आधारमा बलात्कारमा संलग्न थप ३ जनालाई पछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार बलात्कार आरोपमा पक्राउ पर्नेमा काठमाडौं घर भएका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामा छन् । आरोपीहरुमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए ।

दरबारमार्गमा चिनजान

जेठ २८ मा राति २ जना युवक ट्याक्सीमा र दुईजना मोटरसाइकल चढेर दरबारमार्गमा जान्छन् । मधुशाला दोहोरी साँझमा मादक पदार्थ सेवन गरेपछि उनीहरु दरबारमार्गको ‘किङ्स लाउन्ज’मा गए । त्यहाँ दुईजना युवतीसँग उनीहरुको भेट हुन्छ । समूहमा गएका एकजना युवकले त्यहाँ भेटिएकी अपरिचित युवतीसँग चिनजान गरे ।

सोहीअनुसार २४ वर्षीया युवती उनीसँगै हिँडिन् । युवकले ‘घरमा छाडिदिन्छु’ भनेर २४ वर्षीया युवतीलाई मोटरसाइकलमा लिएर हिँडे । युवती माछापोखरीमा बस्थिन् । तर, युवकले उनलाई बौद्धतिर लगे । अनि भने, ‘बिहान भैसक्यो, सुरक्षित ठाउँमा लगेर छाड्छु ।’

युवतीलाई लिएर उनी लुङ्ता गेष्ट हाउसमा गए । गेष्ट हाउसमा कोठा खाली थिएन । अनि, ती युवकले आफूसँगै दरबारमार्गबाट फर्केको साथीलाई भने, ‘लुङ्ताको साहुले कोठा दिएनन्, तिमीले भन्देउ नँ ।’

अर्का साथी गेष्ट हाउसमा आए । लुङ्ताका संचालक आङनिमा सँग कुरा गरेपछि माथिल्लो भागमा आफू बस्ने तलामा एउटा कोठा मिल्यो । त्यतिन्जेल ३ जना युवक जम्मा भैसकेका थिए । १ जना आधा घण्टा युवतीसँग बसेर तल ओर्लिए । त्यसपछि दोस्रो युवक गए, करिब १८ मिनेटमा तल ओर्लिए । तेस्रो युवक पुगेको करिब २० मिनेटमा युवतीले प्रहरीलाई फोन गरिन्, ‘म बलात्कृत भएँ ।’

पीडितलाई ३ जनाले पालैपालो बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साढे दुई बजेदेखि ३ जनाले ती युवतीलाई करिब १ घण्टसम्म बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई बिहान ३ बजेर ४० मिनेटमा उद्धार गरेको थियो । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah