पेरिस — गर्मी यामसँगै खडेरीले पानीका स्रोतहरू सुक्न थालेपछि युरोपेली मुलुकहरू पिउने पानीको पहुँचमा प्रतिबन्ध लगाउन बाध्य भएका छन् ।

युरोपमा लामो समयदेखि परेको खडेरीका कारण पोर्चुगल, फ्रान्स, इटाली, स्पेन र स्विजरल्याण्डका विभिन्न क्षेत्रमा धाराको पानी माथि प्रतिबन्ध लगाइएको छ भने इटालीको भेनिस सहरमा पर्यटकहरूलाई बोत्तलको पानी नकिन्न भनिएको छ ।

गम्भीर खडेरी र दुर्लभ वर्षाले दक्षिणी युरोपेली देशहरूमा पानी प्रतिबन्ध लगाउन बाध्य पारेको हो । इटालीको एक मुख्य पर्यटन सहर भेनिसले भने पर्यटकहरूलाई बोत्तलको पानी नकिन्न उर्दी जारी गरेको छ ।

उत्तरी इटालीको अवस्था सबैभन्दा नाटकीय छ जुन सन् १९५० पछि सबैभन्दा चरम खडेरीबाट गुज्रिरहेको छ। त्यहाँ १०० भन्दा बढी सहरहरूलाई सकेसम्म पानी खपत सीमित गर्न आह्वान गरिएको छ । इटालीयन सरकारले पाँच क्षेत्रका लागि वर्षको अन्त्यसम्म आपतकाल घोषणा गरेको छ।

मानव-प्रेरित जलवायु परिवर्तन र पानीको अत्यधिक उपभोगलाई धान्न नसकेपछि दक्षिणी युरोपेली मुलुकहरू पोर्चुगल, स्पेन, इटाली, ग्रिस र स्वैजरल्याण्डलेसमेत पानीको प्रयोग न्यूनतममा सीमित गर्न नागरिकहरूलाई आह्वान गरिरहेका छन् । स्विजरल्याण्डले त आफ्ना केही प्रान्तमा पिउने पानी खेत, करेसाबारीमा प्रयोग गरेमा १० हजार स्विस फ्र्याङ्क सम्मको जरिवाना तोकेको छ ।

गत ७० वर्षमै सबैभन्दा गम्भीर खडेरी परेपछि नदी र पानीका स्रोतहरू सुक्न थालेको भन्दै इटालीको एक प्रमुख पर्यटकीय सहर भेनिसले पर्यटकहरूलाई प्लास्टिकका बोतलहरू नकिन्न आग्रह गरेको हो । भेनिस नगरपालिकाले बोत्तलको सट्टा पानीको फोहोराबाट खाली बोत्तलमा पानी भारेर पिउन प्रोत्साहित गर्दै अभियान सुरु गरेको छ ।

खडेरीले इटालीको कृषिलाई ठप्प पारेपछि भेरोना सहरका मेयरले बगैंचा र खेल मैदानमा पानी हाल्ने, कार र आँगनहरू धुने, पोखरीहरू र पौंडी पोखरीहरू भर्न अब अगस्टको अन्त्यसम्म निषेध गरेका छन् ।

पिसा सहरले जुलाईको शुरुदेखि पिउने पानी घरेलु प्रयोग र व्यक्तिगत सरसफाइको लागि बाहेक अन्यत्र प्रयोग गरेमा ५०० यूरो सम्म जरिवाना तोकेको छ ।

मिलान सहरमा सजावटी पानीका झरना (वाटर फाउन्टेन) हरू बन्द गरिएका छन् । सोह्र हजार बासिन्दाको यो सहरमा कपाल र नाईलाई आफ्ना ग्राहकहरूको कपाल दुई पटक धुन प्रतिबन्ध लगाएका छन् ।

पोर्चुगलमा सन् २०२२ को मे अन्त्यसम्ममा देशको ९७ प्रतिशत भूभागमा भयंकर खडेरी परेको थियो। वर्षाको कमी र बाँधहरूमा पानीको स्तर घट्नाले सरकारलाई जलविद्युत पावर प्लान्टहरूको प्रयोग प्रति हप्ता दुई घण्टामा सीमित गर्न प्रेरित गर्‍यो।

दक्षिणी पोर्चुगलको सिल्भ्स, लागोआ र पोर्टिमाओ सहरहरूमा कृषि सिँचाइको लागि संघले पहिले नै आपतकालीन योजना सक्रिय गरिसकेको छ जसअन्तर्गत १,८०० फार्महरूले केही बालीहरूको सिँचाइ आधा मात्रै गर्न पाउने छन् ।

दक्षिणी स्विजरल्याण्डको मेन्ड्रिसियोका बासिन्दाहरूलाई धाराको पानी पिउन र घरायसी प्रयोजन बाहेक अन्य कुनैपनि प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

इटालियन भाषाको क्षेत्रीय रेडियो र टिभी (आरएसआइ) ले पानी बचत गर्न अपीलहरू जारी गरिरहेको छ । यदि कसैले बगैंचामा सिंचाई गर्न, कार धुन वा पौंडी पोखरी भर्न पिउने पानी प्रयोग गरेमा १० हजार स्विस फ्र्यांक सम्म जरिवाना हुने छ ।

स्पेनको मौसम विज्ञान विभागका अनुसार देशको कुल जमिनको दुई तिहाई क्षेत्र मरुभूमीकरणको जोखिममा परेको छ । सन् १९६१ पछिको दोस्रो सबैभन्दा सुख्खा भनिएको हालको खडेरीका कारण उर्वर माटोहरू बढ्दो रूपमा बालुवामा परिणत हुने चेतावनी दिइएको छ ।

स्पेनको उत्तरमा रहेका क्याटालोनियाको क्याम्पेल्स सहरसहित १७ इलाकाहरूमा दैनिक केही घण्टा मात्रै पानी बग्न दिने गरि सीमित गरिएको थियो । आपत्कालीन अवस्थाका लागि नगरपालिकाले गाउँका पाँच स्थानमा दैनिक पानीको बाल्टिन जम्मा गर्ने गरेको इटालीको आल्पाईस दैनिक अखवारले उल्लेख गरेको छ ।

युरोपेली आयोगका देसहरूमा पानीको निजी खपत कुल उपयोगको ९ प्रतिशत मात्र हो र लगभग ६० प्रतिशत कृषिमा प्रयोग हुन्छ।

युरोपेली मौसमविदहरूका अनुसार मार्च महिनादेखि मौसम सुख्खा भएकाले सामान्य मात्राको एक तिहाइ मात्रै वर्षा भएकाले युरोपमा वसन्त ऋतुपछिको खडेरीले पानीको स्तरमा उल्लेखनीय कमी भएको छ । अध्ययन गरिएका लगभग सबै ११ युरोपेली क्षेत्रहरूमा वर्षाको कमी देखा परेको अध्ययनहरूले औंल्याएका छन् ।

यसैबीच कोरोना भाइरसबाट सबैभन्दा बढी पीडित बनेको इटालीको लोमबार्डी क्षेत्रका किसानहरूले जुलाइको अन्त्य भन्दा पहिले नै पानीको भण्डार सकिने चेतावनी दिएका छन् ।

लोम्बार्डीका गभर्नर एटिलियो फोन्टानाले गत मंगलबार मिलानमा आयोजित पत्रकार सम्मेलनमा कृषिको लागि अन्तिम भण्डार सकिएको र जुलाइ २५-३० भन्दा बढी टिक्न नसक्ने बताएका थिए ।

युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रको जुलाइको प्रतिवेदन अनुसार ईयूको आधा भन्दा बढी क्षेत्रले हाल खडेरीको खतरा सामना गरिरहेको छ । करिब ४६ प्रतिशत ईयूको भूभाग खडेरीबाट चेतावनी दिनुपर्ने तहमा पुगेको छ भने ११ प्रतिशत सबैभन्दा गम्भीर स्थितिमा पुगेका छन् ।

प्रतिवेदनले फ्रान्स, इटाली, रोमानिया, स्पेन र पोर्चुगलमा पानीको अभाव र अत्यधिक गर्मीका कारण बाली उत्पादनमा कम्तीमा ३० प्रतिशत कमी आउने सम्भावना रहेको चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah