जब टेरी गोबङगा आफ्नो विवाह समारोहमा आइनन्, कसैले पनि उनी बलत्कृत र मर्नका लागि सडकमा अलपत्र राखिएको कुरा अनुमान गर्न सकेनन् । उनले लगातार दुईवटा दर्दनाक घटनाहरुको सामना गर्नुपर्यो । ती युवती नाइरोबी देशकी एक पाश्चर (धर्मगुरु) थिइन् । उनी लैंगिक हिंसा पीडित भइन् ।

‘त्यो विवाह निकै भव्य हुन गइरहैको थियो । म एउटा पाश्चर थिएँ र हाम्रो चर्चका सम्पूर्ण सदस्यहरु र अन्य नातेदारहरु त्यो विवाहमा सामेल हुनेवाला थिए । म र मेरो हुने वाला श्रीमान् ह्यारी निकै उत्साहित थियौं र मैले विवाहको लागि एउटा राम्रो लुगा पनि भाडामा लिएकी थिएँ ।

विवाहको अघिल्लो राति ह्यारीका केही लुगा र टाई मसँग थियो । ह्यारीले त्यो टाई विवाहमा लगाउनै पथ्र्यो । त्यो सामान ह्यारीलाई पुर्याइदिन म एक जना साथीलाई भेट्न विहान सवेरै बस स्टेसनमा गएँ । म त्यहाँबाट घर फर्कंदै गर्दा एउटा गाडीको छेउबाट हिंडदै थिए । अचानक भित्र बसेको पुरुषले मलाई तानेर गाडीको सिटतिर धकल्यो । भित्र थप दुईजना पुरुष थिए । केही सेकेण्डमै गाडी त्यहाँबाट हुईंकाइयो ।

मेरो मुखमा कपडा कोचिएको थियो । म निकै बेर छट्पटाएँ र कराउने प्रयास गरेँ । मेरो व्यवहार देखेर एउटा पुरुषले मलाई मार्ने धम्की समेत दियो । ती पुरुषहरुले मलाई पालैपालो बलात्कार गरे । म मर्छु कि जस्तो लागेको थियो तर ज्यान बचाउन उनीहरुसँग लड्ने कोशिश गर्दै थिएँ । मैले प्रतिकार गर्न खोज्दा एक जनाले मलाई बेसरी पेटमा हान्यो र गुडिरहेको गाडीवाट बाहिर फालिदियो । म घर भन्दा कयौँ टाढा थिएँ र मलाई अपहरण गरेको ६ घण्टा भन्दा बढी भइसकेको थियो ।

मलाई एउटा बच्चाले देखेर उसको हजूरआमालाई बोलायो । त्यसपछि मानिसहरु दौडिदै आए । प्रहरी आएर मेरो नाडी छामे र मरेको ठहर गरे । बाटोमा लैजादंै गर्दा मैले खोकेको आवाजले म जीवित भएको कुरा थाहा पाए । त्यसपछि मलाई केन्याको सवैभन्दा ठूलो सरकारी अस्पतालमा लगियो । म अर्धनग्न, रगताम्य र अनुहार सुन्निएको अवस्थामा उठेँ । त्यहाँको नर्सले मलाई बेहुली हो कि भनेर अनुमान गरिन् र चर्चहरुमा मेरो बारेमा सोध्न थालिन् ।

संयोगवश पहिलो चर्चमै सोध्दा मेरो बारेमा पत्ता लाग्यो । म विवाहमा उपस्थित नहुँदा मेरा आमा–बुवा निकै आत्तिनुभएको थियो । मलाई खोज्ने प्रयास धेरै गरियो । मैले कतै विवाहको निर्णय परिवर्तन पो गरेँ कि भन्ने हल्ला पनि चलेको रहेछ र मैले यस्तो गर्न नसक्ने कुरा पनि उठेछ ।

मलाई डाक्टरले मेरो पाठेघरमा नराम्ररी चोट लागेको भएर भविष्यमा बच्चा जन्माउन नसक्ने कुरा बताए । यी सबको बावजुद पनि ह्यारी मसंग विवाह गर्न इच्छुक थियो । म कुनै निर्णय गर्न सक्ने स्थितिमा थिएँ । केही दिन पछि औषधीकोे असर अलि कम भएपछि मैले विस्तारै आँखा उघारेर उसँग माफी मागेँ । मलाई मेरो कारणले उसलाई सबैका सामु झुक्नु परेको जस्तो लाग्यो । अरु मानिसहरुले म त्यस दिन बाहिर जान नहुने कुरादेखि लिएर सबै दोष ममाथि नै थुपारे तर मेरो परिवार र ह्यारीले मलाई समर्थन गरे ।

धेरै प्रयासपछि पनि प्रहरीले बलात्कारीहरुलाई समात्न सकेन । मैले प्रहरी कार्यालयमा यो केस बन्द गर्न भने किनभने मलाई त्यही कुराले बारम्बार सताइरहन्थ्यो । तीन महिना पछि मलाई एचआईभी नेगेटिभ भएको खबर सुनाए । म निकै खुशी भएँ । उनीहरुले यसको बारेमा अझ विश्वस्त हुन थप तीन महिना कुर्नु पर्ने बताए ।

त्यतिबेला ह्यारी र मैले विवाहको लागि योजना बनाउन शुरु ग¥याँै । यो घटनामा प्रेसले देखाएको चासोले मलाई रिस उठाउँथ्यो तर मेरो कथा पढेर एउटी भिप ओगोला नाम गरेकी महिलाले मलाई भेट्ने इच्छा गरिन् र मैले भेटेँ । उनीपनि एउटी बलात्कारमा परेकी महिला थिइन् । उनी र उनका साथीहरु मिलेर हाम्रा लागि निःशुल्क विवाह भोज दिन चाहन्थे । म निकै खुशी भएँ ।

विवाह निकै भव्य थियो । सन् २००५ को जुलाई महिनामा ह्यारी र मेरो विवाह भयो र हामी हनिमुन गयौं । विवाह भएको २९ दिन पछि एउटा चिसो रातमा हामी घरभित्र थियांै । ह्यारीले कोइला जलाउने मेसिन बाल्यो र सुत्ने कोठामा लग्यो । कोठा निकै तात्तिएको भएर उसले त्यो मेसिन निभायो ।

उसलाई रिङ्गटा लागेको भन्दै थियो तर हामीले त्यो कुरालाई त्यति वास्ता गरेनौं । जाडो निकै भएको कारण मैले उसलाई अर्को ओढ््ने निकाल्न लगाएँ तर ह्यारीले त्यो निकाल्ने तागत समेत नभएको कुरा सुनायो । मलाई पनि कमजोर महसुस भैराखेको थियो । हामीलाई कही नराम्रो भइराखेको जस्तो लाग्यो ।

एकछिनमा हामी दुवैले आफ्नो सन्तुलन गुमायौं । मलाई म ब्यूँझेको क्षण याद छ । मैले ह्यारीलाई बोलाएँ । बोलाउँदा उसले कहिले हे¥थ्र्यो त कहिले हेर्दैनथ्यो । मैले आफूलाई बलपूर्वक खाटबाट बाहिर निकालँे । एकछिनमा बान्ता भयो । जसले गर्दा मलाई केही तागत आए जस्तो भयो । म फोनतिर घिस्रिंदै गएँ र आफ्नो छिमेकीलाई डाकें ।

छिमेकी आएर मलाई त्यहाँबाट निकाले । मैले थुप्रै मानिसहरु मेरो घरभित्र आएको देखेँ । मैले फेरि सन्तुलन गुमाएँ र त्यसपछि मैले आफूुलाई अस्पतालमा पाएँ । जहाँ मेरो श्रीमान्को मृत्यु खबर मलाई सुनाए । मैले यो कुरा विश्वास गर्न सकिन ।

चर्चमा ह्यारीको अन्तिम संस्कार गर्न जाँदा निकै नराम्रो अनुभुति भएको थियो । एक महिना पहिले म त्यही ठाउँमा दुलहीको सेतो कपडामा थिएँ र ह्यारी मेरो सामु थियो भने अहिले उसको शव राखिएको बाकस सामु म कालो कपडामा थिएँ ।

मानिसहरुले मलाई अलच्छिनी भने । मैले पनि केहि हदसम्म विश्वास गरेँ । कसैले मेरै कारणले गर्दा मेरो श्रीमानको मृत्यु भएको कुरा सुनाए तर पोष्टमार्टम रिपोर्टले उसको शरीरमा कार्वन मोनोअक्साइड भरिएर निसासिएको कारण ज्यान गएको देखायो । म एक वर्षसम्म डीप्रेसनमा गएँ । मैले सबैलाई म कहिल्यै विवाह नगर्ने निर्णय सुनाएँ।

तर त्यहाँ एकजना टोनी गोवंगा नाम गरेको पुरुष मलाई धेरै जस्तो भेट्न आउने गथ्र्याे । ऊ मलाई सकरात्मक सोचको प्रेरणा दिइरहन्थ्यो । एकचोटि उसले मलाई तीन दिनसम्म फोन नगरेकोले म निकै रिसाएकी थिएँ । तब मैले म उसको प्रेममा परेको कुरा थाहा पाएँ ।

मैले उसलाई मेरो बच्चा पाउन नमिल्ने कुरा बताएपनि ऊ मसँग विवाह गर्न तयार थियो । तर टोनीका परिवारले मेरो कथा सुनिसकेपछि विवाहको लागि रोके । मेरा ससुरा मेरो विवाहमा उपस्थित हुन मानेनन् । तर पनि हामी अगाडि बढिरह्यांै । विवाहमा ८०० जना पाहुना थिए । धेरै जसो उत्सुक भएर आएका थिए ।

मेरो पहिलो विवाह भएको तीन वर्ष भएको थियो र मलाई निकै डर लागिरहेको थियो । म केवल मेरो हुनेवाला श्रीमान्लाई मबाट टाढा नलगियोस् भनेर प्रार्थना गरिरहेको थिएँ । विवाहको एक बर्ष पछि म गर्भवती भएँ । पाठेघरमा पुरानो घाउ भएको कारण महिना वित्दै जाँदा मलाई पुरै आराम गर्न लगाइयो । तर सबै राम्रो भयो । हामीले छोरी पायौं र उसको नाम टेचील राख्यौँ । चार वर्षपछि हामीले अर्को छोरी पायौँ र उसको नाम ट्वडाह् राख्यौँ । आज मेरो ससुरासँग राम्रो सम्बन्ध छ ।

मैले ‘क्रलिंग आउट अफ डार्कनेस’ नामक किताब पनि लेखेँ । यो मेरो संघर्षको बारेमा थियो र यसले मानिसहरुमा आशा जगाओस् भन्ने मेरो उदेश्य थियो । मैले एउटा कारा अल्मुरानी नामक संस्था पनि संचलान गरेँ । जहाँ बलत्कृत भएकासँग काम गर्छाँै । हामी त्यहाँ परामर्श दिन्छौं र अरु सहयोग पनि गर्छौँ । हामी उनीहरुलाई आधार शिविर बनाइदिन खोज्दै छौैँ । जसले गर्दा उनीहरु समाजमा फर्कनुअघि आत्मनिर्भर हुन सकूुन् ।

मैले मलाई चोट पु¥याउनेहरुलाई माफी दिइसकेँ । यो सजिलो र छिट्टै गर्न सकिने काम थिएन । तर मैले अपरिचित व्यक्तिहरुप्रति यस्तो भावना राखेर दुःखी हुनु नहुने महसुश गरँे । सबैभन्दा महत्वपूर्ण कुरा जीवनमा आफ्नो कोरिएको नियतितिर अगाडि बढिरहनुपर्छ ।’
साभारः– बिबिसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah