सन् २०२२ मा रूसी ग्यास निर्यातमा ४५ दशमलव ५ प्रतिशतले घटेको ग्यास कम्पनी गजप्रोमको तथ्याङ्कले देखाएको छ । पूर्व सोभियत गणतन्त्रको समूहबाहिरका देशहरूमा रुसी ग्यास निर्यात सन् २०२१ मा १८५ दशमलव १ अर्ब क्युबिक मिटर थियो ।

पहिले गजप्रोमको मुख्य निर्यात बजार युरोप थियो तर सन् २०२२ मा युक्रेनमा रूसको आक्रमणपछि प्रतिबन्धका कारण आपूर्तिमा झण्डै आधाले कमी आएको छ । गजप्रोमका प्रमुख कार्यकारी अधिकृत एलेक्सी मिलरले कम्पनीले यस वर्ष चीनलाई निरन्तर आपूर्ति बढाइरहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले गएको महिना पूर्वी साइबेरियामा कोभिक्टा प्राकृतिक ग्यास क्षेत्रको उद्घाटन गर्नुभएको थियो । यसले रूसी इन्धनलाई चीनतर्फ निर्यात बढाउन सहज हुनेछ । रूससँग आफ्नो पश्चिमी साइबेरियाली र आर्कटिक ग्यास क्षेत्रहरूबाट चीनमा ग्यास ढुवानी गर्न पाइपलाइन छैन । तर रूसले झण्डै एक दशकअघिदेखि नयाँ क्षेत्रको विकास तथा पावर अफ साइबेरिया नामक पाइपलाइन निर्माण गर्न सुरू गरेको छ ।

गजप्रोमले विश्वव्यापी प्राकृतिक ग्यास उत्पादनको ११ प्रतिशत हिस्सा ओगटेको छ र विश्वमा यसको सबैभन्दा ठूलो ग्यास भण्डार छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah