रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपतिको मस्को भ्रमणको क्रममा युक्रेनमा जारी गम्भीर सङ्कट समाधान गर्न सी जिन्पिङको १२ बुँदे योजनाबारे छलफल गर्ने बताएका छन्।

यी दुई नेताहरूले एक अर्कालाई मिल्ने साथीको रूपमा सम्बोधन गर्ने क्रममा पुटिनले भने, “हामी वार्ता प्रक्रियाका लागि सधैँ तयार छौँ।”

चीनले गत महिना युद्ध अन्त्य गर्ने योजनाहरू सार्वजनिक गरेको थियो जसअन्तर्गत ‘दुस्मनी बन्द गर्ने’ र शान्ति वार्ता पुनः सुरु गर्ने योजना पनि समावेश गरिएको छ।

तर शुक्रवार अमेरिकाले चीनका योजनाहरूलाई इङ्गित गर्दै ती शान्ति योजना ‘अवरोधको रणनीति’ हुनसक्ने चेतावनी दिएको छ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले भने: “युद्धलाई आफ्नै स्वार्थको लागि स्थिर पार्न चीन वा अन्य कुनै पनि देशको सहयोगमा रुसले चालेको रणनीतिक कदमबाट विश्व झुक्किनु हुँदैन।”

“युक्रेनी भूभागबाट रुसी सेनालाई हटाउनेबारे केही उल्लेख नगरी युद्ध विराम आह्वान गर्नुले रुसको जितलाई अनुमोदन गर्न बल पुर्याहउने छ,“ उनले भने।

युक्रेनले वार्ताका लागि रुसी सेनाले आफ्नो भूभागबाट सेना हटाउनुलाई मुख्य सर्तको रूपमा जोड दिएको छ यद्यपि चीनको योजनामा त्यसबारे केही पनि जनाइएको छैन।

त्यसको साटो चीनले ‘सबै देशहरूको सार्वभौमसत्ताको सम्मान गर्ने’ जनाएको छ। साथै ‘सबै पक्षहरू तर्कसङ्गत रहन र संयम अपनाउन’ र ‘बिस्तारै स्थितिलाई स्थिर बनाउँदै लग्नुपर्ने’ जनाएको छ।

बिबिसी नेपाली बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah