चिनफिङले बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् । रुस–युक्रेन युद्धमा केन्द्रित रहेको टेलिफोन वार्ताको अमेरिकाले स्वागत गरेको छ ।

गत महिना रूस भ्रमणका क्रममा राष्ट्रपति सीले भ्लादिमिर पुटिनसँग लामो कुराकानी गरेका थिए । चीन पछिल्लो समय विश्वका ठूला विवादहरू मध्यस्थतामार्फत समाधान गर्नतर्फ केन्द्रित छ ।
चिनियाँ पहलमा हालै रुसले साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित गरेको छ । चीन पछिल्लो समय इजरायल र प्यालेस्टाइनको विवादमा सहजीकरण प्रयासमा पनि केन्द्रित हुन थालेको छ ।

बुधबार बिहान सीको जेलेन्स्कीसँग गत वर्ष फेब्रुअरी २४ मा युद्ध सुरु भएपछि पहिलो कुराकानी भएको हो । उक्त टेलिफोनवार्तालाई बेइजिङ र कीभ दुवैले पुष्टि गरेका छन् ।

‘राष्ट्रपति सी चिनपिङसँग मेरो लामो र अर्थपूर्ण फोन वार्ता भएको छ’ वार्तापछि जेलेन्स्कीले ट्वीटरमा लेखेका छन्, ‘यो आह्वान र चीनका लागि युक्रेनका राजदूतको नियुक्तिले हाम्रो द्विपक्षीय सम्बन्धको विकासमा सशक्त गति दिनेछ भन्ने मलाई विश्वास छ ।’

जेलेन्स्कीका प्रवक्ता सर्गी नाइकीफोरोभले फेसबुकमा दुई नेताबीच करिब एक घण्टा लामो टेलिफोन संवाद भएको पुष्टि गरेका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार सीले जेलेन्स्कीलाई ‘वार्ता र वार्ता’ नै युद्धको ‘निकासको एक मात्र उपाय’ भएको बताएका थिए । ‘युक्रेन सङ्कटको विषयमा चीन जहिले पनि शान्तिको पक्षमा उभिएको छ र उसको मूल अडान शान्ति वार्तालाई बढावा दिनु हो,’ सिसिटिभीले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah