चीन र संयुक्त राज्य अमेरिकाजस्ता देशले विद्युतीय कारका ब्याट्री बनाउन प्रयोग हुने यो महत्त्वपूर्ण धातुको आपूर्ति सुनिश्चित गर्न खोजिरहेका छन्।

विद्युतीय कारको बजार बढ्दो क्रममा छ जसमा थप खेलाडीहरू प्रवेश गरिरहेका छन्।

 ऊर्जा ट्रान्जिसनका लागि चाहिने यी खनिज पाउनका निम्ति प्रमुख शक्तिहरू सङ्घर्षरत छन् र मुख्य रणभूमि ल्याटिन अमेरिका रहेको छ,”

 संयुक्त राज्य अमेरिका यो प्रतिस्पर्धामा ढिलो गरी सामेल भयो र चिनियाँ अग्रतालाई लिएर वाशिङ्गटन स्पष्ट रूपमा चिन्तित देखिन्छ,” उनले थपे।

चिनियाँ कम्पनीहरूले विश्वकै सबैभन्दा धेरै लिथिअम भण्डार रहेको खासगरी ल्याटिन अमेरिकासहित संसारका थुप्रै भागमा यो कथित सेतो सुनको खोजी गर्न कैयौँ वर्ष बिताएका छन्।

 अमेरिकी भौगर्भिक निकायका अनुसार धेरै लिथिअम भण्डार भएका देशहरूको सूचीमा पहिलो स्थानमा रहेको बोलिभिआमा अनुमानित २.१ करोड टन लिथिअम छ।

दोस्रो स्थानमा रहेको आर्जेन्टिनासँग १.९३ करोड टन र चिलेसँग ९६ लाख टन लिथिअम रहेको थाहा भएको छ।

 लिथिअम भण्डार भएका देशहरूको सूचीमा नवौँ स्थानमा रहेको मेक्सिकोसँग १७ लाख टन भए पनि उत्तर अमेरिकामा एउटा महत्त्वपूर्ण खेलाडीको रूपमा देखिएको छ।

त्यो चाहिँ अमेरिका र क्यानडासँग भौगोलिक निकटता मात्रै भएर होइन कि विद्युतीय कार उत्पादनको केन्द्रको रूपमा पनि विकसित भइरहेकोले हो।

विशाल कार निर्माता कम्पनीहरू टेस्ला र बीएमडब्ल्यूले हालै मेक्सिकोमा कारखाना स्थापना गर्ने घोषणा गरेका छन्।

 चिली अस्ट्रेलियापछि विश्वको दोस्रो ठूलो लिथिअम उत्पादक देश हो।

हुन त अहिलेसम्म उक्त खनिज स्रोतमाथि निजी कम्पनीहरूको वर्चस्व रहँदै आएको छ।

तर राष्ट्रपति ग्याब्रिएल बोरिकले अघि सारेको नयाँ योजनाले यो व्यापारको ढाँचा परिवर्तन गर्न खोजेको छ र यो सेतो सुनबाट हुने मुनाफा देशभित्र राख्न खोजेको छ।

लिथिअमजस्ता खनिजबाट आउने अधिकांश रकम कच्चा पदार्थको रूपमा गरिने उत्खननबाट आउँदैन, बरु उदाहरणका लागि कारका ब्याट्री बनाउन लिथिअम प्रयोग हुँदा धेरै पैसा आउँछ।

चिलीका राष्ट्रपतिले सार्वजनिक-निजी साझेदारीको अवधारणा अगाडि बढाउन चाहिरहेका छन् जहाँ सरकारको नियन्त्रण हुनेछ र सरकारले नै प्राविधिक विकासलाई प्रवर्द्धन गर्नेछ ताकि यो फस्टाउँदो उद्योगको आपूर्ति प्रणालीमा चिलेको एउटा स्थान बनाउन सकियोस्।

तर त्यो विशेष खनिज हात पार्न विश्वको ठूलो हिस्सा प्रयासरत रहेकोले चिलीका लागि यो सहज चुनौती चाहिँ हुनेछैन।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah