काठमाडौं – आज २०८० साल पुस १४ गते शनिबार तदनुसार सन् २०२३ डिसेम्बर ३० तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा सफलता मिल्नेछ। लगानी गर्ने भए शिक्षाको क्षेत्रबाट फाइदा हुनेछ। परिवारबाट सुख प्राप्त हुने योग छ।

वृष : हरेक क्षेत्र अब्बल देखिन्छन्। सामाजिक क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो परिणाम प्राप्त हुनेछ। राजनीतिमा फाइदा हुनेछ।

मिथुन : दिन राम्रो छ। राम्रा कामको प्रशंसा हुनेछ। स्वास्थ्य र शिक्षाका क्षेत्रमा देखिएको समस्याको समाधान हुनेछ। राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परेवालाई चारो प्रदान गर्नु तपाईंका लागि राम्रो हुन्छ।

कर्कट : भाग्योदय हुने योग छ। पारिवारिक सम्बन्ध राम्रो छ। प्रतिस्पर्धी सक्रिय भएकाले काम गर्दा सचेत हुनुपर्छ। दाजुभाइबाट सहयोग प्राप्त नहुने भएकाले आफू बचेर काम गर्नु राम्रो हुन्छ।

सिंह : दैनिकी सामान्य छ। आफ्नै मित्रले खुट्टा तान्ने काम गर्नेछन्। बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। सबैले माया गर्छन् भनेर विश्वास गरेका धोखा हुनसक्छ। पारिवारिक व्यवहार भने राम्रो बन्नेछ।

कन्या : दिन सामान्य छ। चन्द्रमा दाइना भएकाले हात हालेको क्षेत्रमा सफलता मिल्नेछ। मन भने खुशी नहुने देखिन्छ। परिवारबाट असहयोग हुने भएकाले सचेत भएर व्यवहार गर्नु राम्रो हुन्छ।

तुला : दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। परिवारले शंका गर्ने देखिन्छ। आफन्तले असहयोग गर्ने देखिन्छ। साथीभाइबाट प्रशंसा भए पनि आफन्तले कुरा काट्न सक्छन्।

वृश्चिक : आजको दिन सामान्य छ। अचानक पेट सम्बन्धी खटपट बढ्ने योग छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। वर र पिपलको दर्शन गरेमा फाइदा हुनेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्य र शिक्षा क्षेत्र अब्बल रहेको छ। वैदेशिक क्षेत्रमा ठगबाट जोगिनु राम्रो हुन्छ। परिवारिक सम्बन्धमा उतारचढाव आउने देखिन्छ।

मकर : सञ्चित धन खर्च हुने देखिन्छ। आजको दिन व्यापारमा लगानी नगर्नु राम्रो हुन्छ। आजको दिनमा वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने फाइदा हुनेछ।

कुम्भ : दिन सामान्य छ। हरेक क्षेत्रमा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। पन्छीलाई चारो, गाईको पूजा र हनुमानको नाम लिएमा धेरै समस्याको समाधान हुने देखिन्छ।

मीन : दिन राम्रो छ। राम्रो कामको थालनी गर्दा हुन्छ। ठूलो कामका लागि आँट गर्नु राम्रो हुन्छ। विशिष्ट व्यक्तिसँगको संगतले उत्साह बढ्नेछ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah