मेष : बोलीमा मोहनी छ। बोल्दा सबैको कल्याण हुने शब्द बोल्नु होला। लामो यात्राको योजना भए स्थिगित गर्नु राम्रो हुन्छ। देश निर्माण गर्ने परिकल्पना गर्नु भए हुन्छ। पारिवार सँगको सम्बन्ध राम्रो छ।

वृष : शिक्षा र स्वास्थ्यको क्षेत्र सबल छन्। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। भूमी सम्बन्धी कारोबार नगर्नु राम्रो हुन्छ। परिवारमा विश्वास गर्नाले धोका हुने योग रहेको छ। प्रेममा खटपटी आउने देखिन्छ।

मिथुन : दैनिकी राम्रो छ। स्वास्थ्यमा सानो समस्या देखिन सक्छ। खानपानमा ख्याल गरे यो समस्याको समाधान हुनेछ। आर्थिक र शिक्षा क्षेत्रका लागि यो राम्रो समय हो। परिवारसँगको सम्बन्ध सुमधुर देखिन्छ।

कर्कट : दिन सामान्य छ। सबै काममा सफलता प्राप्त गर्न गणेश भगवानको अर्चना गर्नु राम्रो हुन्छ। गणेशको पूजा गर्दा दुबोको प्रयोग गर्नु राम्रो हुन्छ। परिवारको विश्वास गर्दा धोका भएको अनुभव हुन्छ।

सिंह : दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रमा बाधा देखिए पनि शिक्षाको क्षेत्रमा उपलब्धि हात लाग्नेछ। परिवारमा झुटको रहस्य खुल्ने भएकाले विवाद हुनसक्छ।

कन्या : सबै क्षेत्र सबल छन्। लामो यात्रा नगर्नु राम्रो हुन्छ। कामको सुरुवात गरेमा दीर्घकालीन सफलता मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग रहेको छ।

तुला : समय राम्रो छ। स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। राजनीतिक लगानीबाट मानसम्मान प्राप्त हुनेछ। बन्धु र परिवारबाट राम्रो साथ मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। हरेक कार्यमा बाधा र विरोधको योग रहेको छ। तपाईंको बोलीका कारण ठुलो दुर्घटना टर्ने देखिन्छ। परिवारको साथ र सहयोग राम्रो छ।

धनु : आजको दिन राम्रो छ। भाग्यको उदय हुनेछ। स्वास्थ्य र शिक्षा क्षेत्र राम्रो छ। साथीभाइको साथ मिल्नेछ। व्यापार गर्ने भए आफूलाई मन परेको क्षेत्र छान्नु राम्रो हुन्छ। परिवारको साथ नमिल्ने देखिन्छ।

मकर : समय सामान्य छ। लचिलो व्यवहार आजको आवश्यकता हो। खुशी अनुहारका साथ काम गर्न सके नाम र दाम दुवै प्राप्त हुने योग रहेको छ। परिवारको साथ मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। साना कुरामा बोझको सामना गर्नुपर्ने हुनसक्छ। बिहानै पिपलको दर्शन गरेर काम थालेमा दिन सुखमय बन्नेछ। परिवारको मन जित्न भने गाह्रो पर्ने देखिन्छ।

मीन : समय राम्रो छ। शिक्षा र स्वास्थ्यका क्षेत्र सबल छन्। गुरुबाट साथ मिल्नेछ। अचानक धन खर्च हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah