लण्डन (बेलायत) । अमेरिकी मुद्रा डलर बुधवार ३ हप्ताकै उच्च विन्दुमा उक्लिएको छ । अमेरिकी खुद्रा विक्री वृद्धि अपेक्षाकृत उच्च रहेको तथ्याङ्कले जोखीमयुक्त सम्पत्तिप्रति लगानीकर्ताको आकर्षण बढ्दा डलरको भाउ बढेको हो । यद्यपि, बढ्दो भूराजनीतिक जोखीमले भने भाउ धेरै नबढ्ने हो कि भन्ने चिन्ता लगानीकर्तामा व्याप्त भएको विश्लेषण गरिएको छ ।

‘अहिले उत्तर कोरियाले अमेरिकामा मिसाइल आक्रमण गर्ने भय केही साम्य भएको छ, हालै सार्वजनिक अमेरिकी आर्थिक तथ्याङ्कले मुद्रास्फीति बढायो भने आउँदा महीनामा फेडले ब्याजदर बढाउँछ भन्नेमा लगानीकर्ताहरू झन् विश्वस्त हुनेछन्,’ फ्र्याङ्कफर्टस्थित कमर्ज बैङ्कका विदेशी विनिमय रणनीतिज्ञ अल्रिच लुछ्टम्यानले भने । बुधवार मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलरको मूल्य मापन गर्ने सूचक ९३ दशमलव ८६ अङ्कमा आएको थियो । अघिल्लो दिनको कारोबारमा भने डलर सूचक ९४ दशमलव १४ अङ्कमा पुगेको थियो । यो जुलाई २६ यताकै उच्च हो ।

जुलाईमा अमेरिकाको खुद्रा विक्री शून्य दशमलव ६ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक भएको छ । यो ७ महीनायताकै उच्च वृद्धि हो । गत महीना त्यहाँको खुद्रा विक्री शून्य दशमलव ४ प्रतिशतले मात्रै बढ्ने अर्थशास्त्रीहरूको अनुमान थियो । सीएमईको फेडवाच टूलका अनुसार खुद्रा विक्रीको तथ्याङ्क सुदृढ रहे पनि आउँदा १२ महीनामा फेडले १ पटकमात्रै ब्याजदर बढाउँछ भन्नेमा अर्थशास्त्री एवम् विश्लेषकहरूको धारणामा खासै परिवर्तन आएको छैन । आर्थिक अभियानमा खबर रहेको छ

अमेरिका र उत्तर कोरियाबीच सशस्त्र द्वन्द्वको भय केही कम भएपछि लगानीकर्ताहरूले गत हप्ता अन्धाधुन्ध बेचेको शेयरलगायत जोखीमयुक्त सम्पत्ति पुनः किन्न थालेका छन् ।

स्वीडेन, जापानजस्ता देशको आर्थिक तथ्याङ्क सुदृढ रहे यसले डलरको भाउ वृद्धि सुस्त बनाउनेतर्फ औंल्याउँदै डलरको भाउमा रातारात भएको वृद्धिलाई दिगो नठान्न अमेरिकी लगानी बैङ्क मोर्गन स्ट्यान्लीले सुझाव दिएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah