मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचे भन्दा धेरै आम्दानी हुनेछ । काममा मान्यजनको सहयोग मिल्नेछ । प्रियजनसँग भेट हुनेछ भने मन खुसि रहनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाई लेखाइमा प्रगति हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । अनावश्यक विवाद बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक सद्भाव बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । घरायसी काममा उल्झन आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नेतृत्व क्षमता बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । व्यवसायमा लाभ मिल्नेछ । साझेदारी काममा उल्झन आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आय आर्जनमा अवरोध आउनेछ । सामाजिक मानसम्मान बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ । परोपकारी काममा रुची बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काम गर्ने जोश, जाँगर र आत्मविश्वास बढ्नेछ । आध्यात्मिक काममा रुची बढ्नेछ । काममा दाजुभाइको सहयोग मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ । स्वास्थ्यमा बाधा आउनेछ । आकस्मिक धनलाभ हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोजगारीको अवसर प्राप्त हुनेछ । वैदेशिक यात्रा फलदायी रहनेछ । रचनात्मक काममा मन जानेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साथीभाईको सहयोगमा महत्त्वपूर्ण कामहरु सफल हुनेछन । पारिवारिक झमेला बढ्नेछ । नयाँ काममा हात हाल्ने मौका मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रयासहरु सकारात्मक रहनेछ । जग्गा जमिनको काममा फाइदा हुनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । मन खुसि रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमाइलो यात्राको योग रहेको छ । परोपकारी काममा रुची बढ्नेछ । सोचेको आटेको कामहरु सफल हुनेछ । सोचे भन्दा खर्च धेरै हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यमा सुधार आउनेछ । दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । नयाँ काम पाउने सम्भावना देखिन्छ । मन खुसि रहनेछ ।
हाम्रो पात्रो बाट साभार



