श्रीनगर (भारत), १६ कात्तिक । भारत–पाकिस्तानको ब्यापारिक सीमाक्षेत्र काश्मिरमा पाकिस्तानतर्फबाट भएको बम र गोली प्रहारमा ६ सर्वसधारण भारतीय नागरिकको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

भारत अधिनस्थ काश्मिरको रामगढ ग्रामीण इलाकामा पाकिस्तानी सेनाले बम र गोली प्रहार गर्दा दुईजना बालबालिकासहित ४ जनाको मृत्यु भएको प्रहरी अधिकारी जोगिन्दर सिंहले बताए भने जिल्ला प्रशासक पवन कोतवालका अनुसार काश्मिरकै रजौरी ग्रामीण इलाकामा पनि पाकिस्तानी सेनाको गोली प्रहारबाट दुई महिलाको मृत्यु हुनाको साथै कम्तीमा अन्य नौ जना घाइते भएका छन् ।

हालैका केही हप्ताहरुमा काश्मिर सीमाक्षेत्रमा फेरी भारतीय र पाकिस्तानी सैनिकबीच तनाव चुलिँदै गएकाले बारम्बार गोली हानाहानका घटनाहरु दोहोरिइ दुबैतर्फका सर्वसधारण नागरिकहरु निशानामा परिरहेका र विपक्षीले नै पहिला गोली छाडेको भनी एकअर्काबीच आरोप प्रत्यारोप चलिरहेको छ ।

दुबै पक्षबीच धेरै पहिला नै छलफल र सहमति भै निर्धारण गरिएको ‘नियन्त्रण रेखा’ (लाइन अफ कन्ट्रोल) को विन्दुले काश्मिरलाई दुइ खण्डमा विभाजन गरेको छ । सो नियन्त्रण रेखा रक्षार्थ भारत र पाकिस्तान दुबैतर्फका सेनाहरु तैनाथ गरिएका छन् ।

तैनाथ गरिएका सेनालाई सहयोग गर्न आ–आफ्ना देशबाट छुट्टै सीमा सुरक्षा बल (अर्ध सैनिक दस्ता वा प्यारामिलिटरी ट्रूप्स) पनि खटिएका छन् । यसरी खटिएका सुरक्षाकर्मीहरुले भारततर्फ भारत–अधिनस्थ काश्मिर र पाकिस्तानतर्फ पञ्जाब प्रान्त अन्तर्गत पर्ने काश्मिर क्षेत्र पट्टिको सीमारेखाको निगरानी गर्छन् । एपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah