दार्जिलिङ l दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा प्रहरीको गोलीबाट थप दुई जनाको मृत्यु भएको छ।

गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यसमिति बैठकबाट फर्कंदै गरेका मोर्चाका नेता दावा भुटियाको शुक्रबार तकबरको सिंग्ला प्रहरीको गोलीबाट मृत्यु भएको हो । प्रहरीले तीन केन्द्रीय सदस्यसहित १२ जनालाई पक्राउ गरेको मोर्चाले जनाएको छ ।

प्रहरीले केन्द्रीय सदस्य सिलगुडीका शंकर अधिकारी, दार्जिलिङकी सावित्री राईसहित नेतालाई पक्राउ गरेको हो । यता, बिहीबार राति प्रहरीको कुटाइबाट गोर्खा जनमुक्ति मोर्चाकी कार्यकर्ता रोमाना राईको दार्जिलिङमा मृत्यु भएको छ ।

मोर्चाका सहसचिव विनय तामाङले शुक्रबारबाट बन्द खुल्ने घोषणा गरेपछि बिहीबार साँझ निस्केको जुलुसमा प्रहरीले लाठीचार्ज गर्ने क्रममा राईको मृत्यु भएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिइन् । आन्दोलनकारीमाथि बंगाल प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको मोर्चाले आरोप लगाएको छ । प्रहरीको कुटाइले टाउकोमा गम्भीर चोट लागेकी राईको राति ११ बजे मृत्यु भएको थियो । गोर्खाल्यान्ड प्राप्तिका लागि जारी ७९ दिन लामो आमहडताल क्रममा १२ जनाको मृत्यु भइसकेको छ ।

यसअघि साउन १४ मा सुकुनामा भएको झडपमा परेर अजय क्षत्री र सोनाम तामाङको मृत्यु भएको थियो । साउन २ गते मिरिक, मकरजुङका ४५ वर्षीय आशीष तामाङ, असार २ गते राति सडकमा हिँडिरहेका टासी भुटिया, असार २४ गते सुरज सुन्दास र समीर गुरुङ, सोही घटनामा घाइते भएका अशोक तामाङ (उपचारक्रममा), विमल गजमेर, सुनील राई र महेश गुरुङको असार ३ गते प्रहरीको गोलीबाट मृत्यु भइसकेको छ ।

तामाङ र थापा निष्कासित

मोर्चाका सहसचिव विनय तामाङ र खर्साङका सभासद् अनिश थापाले बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग वार्ता गरेर फर्कने क्रममा खसाङबाटै शुक्रबार बिहानबाट ९८ दिन लामो बन्द खुल्ने घोषणा गरेपछि मोर्चाले दुवै नेतालाई निष्कासन गरेको छ । बन्द खोल्ने घोषणापछि दार्जिलिङका नागरिक मोर्चाका नेताविरुद्ध सडकमा उत्रिएका थिए । राति नै मोर्चाले दुवै नेतालाई निष्कासन गरेको नेत्री शर्माले जानकारी दिइन् ।

तामाङले शुक्रबारदेखि भदौ २७ सम्म आमहडताल स्थगन गरेको घोषणा गरेका थिए । मोर्चा अध्यक्ष विमल गुरुङले भने आन्दोलन नरोकिने बताएका छन् । भदौ २७ मा आन्दोलनरत पक्ष र बनर्जी सरकारबीच दोस्रो चरण वार्ता हुने भन्दै हडताल रोक्न बनर्जीले गरेको अनुरोधअनुसार तामाङ र थापाले बन्द फिर्ता लिने घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah