उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘हाइड्रोजन बम’ निरीक्षण गरेको तस्वीर सार्वजनिक गरेको छ ।
आइतवार नै उत्तर कोरियाले ‘हाइड्रोजन बम’ परीक्षण गरेको समाचारले विश्वमा तरंग ल्याइदिएको छ । गत मंगलवार जापानको आकाशमा मिसाइल परीक्षण गरेर अन्तर्राष्ट्रिय समुदायलाई चिढ्याएको उत्तरले आइतवार ‘हाइड्रोजन बम’ परीक्षण गरेको समाचार बाहिर आएको हो ।
‘हाइड्रोजन बम’ परीक्षणका कारण कोरियाली प्रायद्वीपमा भूकम्पको धक्का महसूस गरिएको थियो । उत्तरका पछिल्ला क्रियाकलापप्रति रुष्ट अमेरिका र जापानले उसमाथि सैन्य कारवाही गर्न सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तरमाथि सबै प्रकारका कारवाहीको बाटो खुलेको प्रतिक्रिया दिएका छन् ।
उत्तर कोरियाली नेता किमले परमाणु हतियार विकासका लागि वैज्ञानिकहरूलाई निर्देशन दिएका छन् ।



