नयाँदिल्ली, भदौ २५ । भारतको राजधानी नयाँदिल्लीस्थित ‘रेड लाइट एरिया’ जीबी रोडमा देहव्यापार अखडा पूर्ण रुपमा बन्द गर्ने अभियान सुरु गरेको दिल्ली महिला आयोगले त्यस्ता अखडा संचालनमा केन्द्रीय मन्त्रीको समेत संलग्नता रहेको दाबी गरेको छ ।
दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालले देहव्यापार अखडा संचालनमा एक केन्द्रीय मन्त्रीको समेत संलग्नता देखिएको दाबी गरेकी हुन् । उनले ती मन्त्रीको नाम भने खुलाएकी छैनन् । चाँडै नै आफूले ती मन्त्रीको नाम सार्वजनिक गर्ने उनले बताइन् ।

तिहाड जेलमा आयोजित कला उत्सवमा विशेष अतिथिका रुपमा पुगेकी उनले भनिन्, ‘संसद भवनबाट ३ किलोमिटरको दुरीमा यस्तो घृणित काम भइरहँदा पनि सरकार मुकदर्शक भएर बसिरहेको छ ।’

महिला आयोगका तर्फबाट जीबी रोडमा बेलाबेलामा छापा मार्ने काम भएको उल्लेख गर्दै अध्यक्ष स्वातिले हालैमात्र आफूहरुले ६ वर्षदेखि कोठीमा बेचिएकी एक महिलाको उद्धार गरेको जानकारी दिइन् ।

आफूहरुलाई उच्च तहबाट बारम्बार धम्की आएको पनि उनले खुलासा गरिन् । केन्द्र सरकारलाई निशाना बनाउँदै उनले भनिन्, ‘म जेल मै जानु परे पनि यस्ता घृणित कार्य रोक्न कुनै कसर बाँकी राख्दिनँ ।’

उनले महिला अयोगकी पूर्व अध्यक्ष बरखा सिंहलाई पनि निशाना बनाइन् । उनले भनिन्, ‘८ वर्षसम्म आयोगलाई नेतृत्व गर्दा तपाईले कुनै दिन जीबी रोडका महिलाको आवाज सुन्नु भयो ?’

उनले तिहाड जेलमा रहेका महिला कैदीबन्दीसँग अनुभव साट्न तथा उनीहरुको समस्या बुझ्न आफू जेलमा बस्न चाहेको पनि बताइन् । उनले जेल प्रशासनलाई आफू र आफ्नो टिम एक सातासम्म जेल मै बस्न चाहेको सुनाइन् । उनले भनिन्, ‘हामी जेलमा रहेका महिलाका समस्यालाई नजिकबाट जान्न र बुझ्न चाहन्छौं ।’ (एजेन्सी) इमेज खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah