एजेन्सी । बलात्कारी बाबा राम रहीम जेलमा आफ्नो कुर्कमको सजाय काटिरहेका छन् । यता बाबाकी धर्मपुत्री हनीप्रीतको बारेमा कुनै खबर आएको छैन ।
२५ अगस्टमा डेरा प्रमूख राम रहीमको साथमा रोहतक जेलसम्म आएकी हनीप्रीत गायब भएकी थिइन् । उनलाई राजद्रोहको आरोप लागेको छ ।
यसै क्रममा हनीप्रीतका बारेमा केहि गोप्य रहस्य खुलेको छ। एक भारतीय टेलिभिजनले हनीप्रीतको १९ वर्ष पुरानो गोप्य डायरी फेला पारेको छ।
जसमा उनले आफ्ना गोप्य कुरा लेखेकी छन्। आश्चर्यको कुरा त यो छ की, उनको गोप्य डायरीमा बलिउड अभिनेता सलमान खानसँगको सम्बन्धका बारेमा लेखिएको छ।
डायरीको चौथो पेजमा बलिउड अभिनेता सलमान खानको तस्वीर समेत भेटिएको छ भने जसमा “जब प्यार किसी से होता है” चलचित्रको पोस्ट समेत भेटिएको बताइएको छ।
हनीप्रीतले सलमान खानलाई पहिलेदेखि नै रुचाउँदै आएको बुझन सकिन्छ। सलमान उनले निकै मन पराउने सुपरस्टार थिए। उनले सलमानका हरेक चलचित्र हेर्दै आएकी थिइन्।
१०३ पेज लामो उक्त डायरीमा हनीप्रीतले प्रेम र पीडाका बारेमा कयौँ गोप्य कुरा समेत लेखिकी छन्।



