काठमाडौं: भारतीय चलचित्र उद्योगकी चर्चित अभिनेत्री सन्नी लियोनी अनलाइन जुवा खेलाउन नेपालमा आएको खुलासा भएको छ । दशैँको अवसरमा नेपाल आईपुगेकी लियोनीले अनलाईन जुवा खेलाईरहेको र सामाजिक संजालमा समेत प्रचारप्रसार गर्दै आएको तथ्य ‘जितविन’ नामक अनलाइनमार्फत बाहिर आएको हो ।
बाकारात, अन्दर बाहर, रोउलेट, क्यासम्यान जस्ता खेलहरु अनलाइमार्फत खेलाइँदैछ । यी अनलाइन खेलहरुमा डिलर सन्नी लियोनी देखाइएको छ भने फोन नम्बरहरु एनसेलका नेपाली नम्बरहरु राखिएका छन् ।
काठमाडौंको र्याडिसन होटलमा जुवा खेलाइरहेको प्रचार फेसबुक लगायतका सामाजिक सञ्जालमा प्रष्टै देख्न सकिन्छ । अनलाइन जुवा नेपालमा प्रतिबन्धित छ । तरपनि उनले तारे होटलमा जुवा अखडा जमाएको उच्च स्रोतको दाबी छ । नेपालमा अनुमति नलिई कुनै पनि प्रकारको अनलाइन जुवा खेलाउन पाइँदैन ।
सन्नी लियोनले नेपाल आएर अनलाइन जुवा खेलाएको बारे प्रहरीलाई कुनै जानकारी नभएको नेपाल प्रहरीले जनाएको छ ।
उनले पोष्ट गरेको भिडियोमा आफू नेपालमै भएको जानकारीसमेत गराएकी छिन् ।
भिडियो
https://youtu.be/EuUxsNFBxfE



