गत एक वर्षमा देखिएका उत्तेजनात्मक राजनीतिक घटनाक्रमको प्रतिविम्वका रुपमा अक्सफोर्ड शब्दकोषले ‘पोष्ट-ट्रुथ’ अथवा ‘उत्तर-सत्य’लाई सन् २०१६ को अन्तर्राष्ट्रिय वर्ष-शब्द घोषणा गरेको छ।

गत जुनमा भएको ब्रेक्जीट भोट तथा गत साताको अमेरिकी राष्ट्रपतिय निर्वाचनको सेरोफेरोमा यो शब्द चुनिएको छ।

अक्सफोर्ड शब्दकोषका क्यास्पर ग्राथवोल ‘पोष्ट-ट्रुथ’ वर्तमान समयको एक अत्यन्त महत्वपूर्ण शब्द बन्ने बताउँछन्।

अर्थ के हो?

‘पोष्ट-ट्रुथ’ लाई अक्सफोर्ड शब्दकोषले यसरी व्याख्या गरेको छ – कुनै पनि सार्वजनिक धारणा निर्माणमा वस्तुगत प्रमाणभन्दा भावनात्मक आवेश बढ्ता प्रभावशाली हुने अवस्था जनाउने एक विशेषण।

अर्को शब्दमा भन्नु पर्दा, राजनीतिज्ञहरुले सत्य नै बोलेका छन् भन्ने विषय हरहमेशा महत्वपूर्ण हुँदैन। यदी उनीहरुले मानिसहरुको भावना वा अनुभूतिलाई जिते भने झुटै बोलेर पनि सफल हुन सक्छन्।

‘पोष्ट-ट्रुथ’ शब्द खासगरी ‘पोष्ट-ट्रुथ राजनीति’ भन्ने वाक्यांशमा धेरै प्रयोग भयो। यस वर्षका निम्ति ‘ब्रेक्जीटियर’ वा ‘अल्ट-राइट’ जस्ता अन्य शब्दमध्येबाट यो चुनिएको हो।

यी शब्दहरुले यस वर्ष विश्वभर चर्चित सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक वा प्राविधिक प्रवृत्ति तथा घटनालाई प्रतिविम्वित गर्छन्।

अक्सफोर्ड शब्दकोषका अनुसार ‘पोष्ट-ट्रुथ’ को सबभन्दा पहिलो प्रयोग सन् १९९२ मा भएको थियो।

तर अघिल्लो वर्षको तुलनामा सन् २०१६ मा ‘पोष्ट-ट्रुथ’ शब्दको प्रयोग २०००% ले बढेको पाइयो।

“समाचारको स्रोतको रुपमा सामाजिक सञ्जालको बढ्दो प्रयोग अनि संस्थापनले दिने गरेका प्रमाणप्रतिको बढ्दो अविश्वासका माझ एउटा विचारकै रुपमा ‘पोष्ट-ट्रुथ’ ले भाषिक स्थान प्राप्त गर्दै गएको केही समय भएको छ,” ग्राथवोलले बताए।

“तर यसको प्रयोगको दर चाहीं गत जुनमा ब्रेक्जीट घटनापश्चात ह्वात्तै बढ्यो। त्यस्तै जुलाईमा फेरि डोनल्ड ट्रम्पले रिपब्लिकन पार्टिका तर्फबाट राष्ट्रपति उम्मेदवारको मनोनयन प्राप्त गरेपछि यो शब्दको प्रयोग धेरै बढ्यो।”

उदाहरण

Image copyrightAFP

ब्रेक्जीट चुनावी प्रचार ताका ब्रिटेनले यूरोपेली युनियन छाड्नुपर्छ भन्ने अभियानकर्ताहरुको एक प्रमुख नारा नै झुटो रहेको त्यसका आलोचकहरुले भन्ने गरेका थिए।

“हामी इयुलाई हरेक हप्ता ३५ करोड पाउण्ड बुझाउँछौं। त्यसको साटो सो पैसा एनएचएस (राष्ट्रिय स्वास्थ्य सेवा)मा लगानी गरौं” भन्ने नारा उक्त अभियानमा प्रयोग भएको थियो।

तर ब्रिटेन इयुमै रहनुपर्छ भन्ने अभियानकर्ताहरुले पनि अर्थतन्त्रमा त्यस्तो कदमको प्रभाव बढाइचढाइ प्रस्तुत गरेको अभियोग लाग्यो।

यसबीच अमेरिकामा चाहीं राष्ट्रपति निर्वाचित ट्रम्पका विरोधीहरुले उनले राष्ट्रपति बराक ओबामा अमेरिकामा जन्मिएका होइनन् भन्ने जस्ता धेरै झुटा प्रचार गरेको बताए। वाशिंगटन पोष्ट पत्रिकाको सत्य जाँच्ने ब्लगका अनुसार उनीहरुले अनुसन्धान गरेका भनाइहरुमध्ये करिब ६० प्रतिशत झुटा पाइयो।

त्यस्तै ट्रम्पका प्रतिद्वन्द्वी हिलरी क्लिन्टनको अभियान पनि उनको इमेल प्रयोगका दावी सम्बन्धी विषयमा अल्झियो।

यस वर्षको शब्द चयनका लागि अक्सफोर्डले तयार पारेको सूचीमा धेरै शब्द राजनीतिक प्रकृतिका थिए।

बि.बि.सी नेपाली बाट सभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah